समाजवादी विद्यार्थी युनियन नेपालको सातै प्रदेशमा पुनर्गठन अभियान तीव्र

मेवालाल यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालले सातै प्रदेशमा संगठन गठन तथा पुनर्गठन अभियानलाई तीव्र बनाएको छ। संगठनलाई सुदृढ र सक्रिय बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियान माघ २० गतेसम्म सम्पन्न गर्ने निर्णय भएको राष्ट्रिय अध्यक्ष यादवले जनाएको छ।

frontline

अभियानका क्रममा समाजवादी विद्यार्थी युनियन नेपालका राष्ट्रिय अध्यक्ष मनिष कुमार यादवको संयोजकमा सातै प्रदेशमा गठन गर्ने पार्टीले बैठकद्वारा जिम्मेवारी तोकेका छन् । , केन्द्रिय उपाध्यक्ष ललन यादवलगायतका प्रतिनिधिहरूले मेचीदेखि महाकालीसम्मका प्रदेशहरूमा क्रमशः कार्यक्रम सञ्चालन गरिरहेका राष्ट्रिय उपाध्यक्ष ललन यादवले बताउनुभयो ।

संगठनका नेतृत्व अनुसार यो राष्ट्रिय अभियानले विद्यार्थी नेतृत्वलाई सशक्त बनाउन, पार्टी विचारधारालाई शैक्षिक क्षेत्रमा विस्तार गर्न तथा स्थानीय संरचनालाई सक्रिय बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमहरूका क्रममा प्रदेश तथा जिल्ला तहका विद्यार्थी संरचनामा नयाँ नेतृत्व चयन, प्रशिक्षण तथा संगठनात्मक मार्गदर्शन प्रदान गरिँदै आएको यादवले बताएका छन्|

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here