सभामुखसँग रास्वपाको भेटवार्ता

News Summary
Generated by OK AI. Editorially reviewed.
- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरे।
- भेटमा संसद्मा जारी अवरोध र भिजिट भिसा प्रकरणमा छलफल भयो।
- रास्वपाले संघर्ष जारी राख्ने बताएको छ र सभामुखले संघर्षको स्वरुप परिवर्तन गर्न सुझाव दिए।




२ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेका छन् ।
स्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेट गरेका हुन् । भेटमा संसद्मा जारी अवरोधबारे छलफल भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राखेर रास्वपा संसद्मा विरोधमा छ । सभामुखले संघर्षको स्वरुप परिवर्तन गर्न सुझाउँदै आएका छन् ।
रास्वपाले आफूहरूको संघर्ष जारी रहने बताएको छ ।
आइतबार पनि रास्वपाका कार्यवाहक सभापति अर्याल र सभामुखबीच भेट भएको थियो । सभामुखले प्रत्येक भेटमा रास्वपालाई संघर्षको स्वरुप परिवर्तन गर्न आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्