सभामुखलाई भेट्न सिंहदरबार जाँदै रवि लामिछाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने चाँजोपाँजो मिलाइरहेका छन् । 

तर थाइल्यान्डमा दुई प्रधानमन्त्रीबिच भेटघाटको सम्भावना नरहेको बताइएको छ । 

frontline

चैत २१ गते (अप्रिल ३)देखि थाइल्यान्डको राजधानी बैंककमा सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) समिटमा भाग लिन नेपाल तथा भारत दुवै देशमा प्रधानमन्त्री जाँदैछन् । प्रधानमन्त्री अ‍ोली र भारतीय प्रधानमन्त्री मोदीबिच त्यहाँ भेटघाट हुने तयारीमा प्रधानमन्त्री कार्यालय जुटेको थियो ।

तर भारतका प्रधानमन्त्री मोदीले भेटघाटमा रुचि नदेखाएका स्रोतले जनाएको छ । प्रधानमन्त्री मोदी एक दिनका लागि थाइल्यान्ड जानेछन् । अप्रिल ३ मा गएर ४ मा त्यहीबाट श्रीलंका जाने कार्यक्रम तय गरेका छन् । त्यस बिचमा यी दुई जना प्रधानमन्त्रीको भेटघाटको सम्भावना कम देखिएको स्रोतले जनाएको छ । 

भारतका प्रधानमन्त्री मोदी अप्रिल ३ (चैत २१) अर्थात् बिम्स्टेक उद्घाटनकै दिन त्यहाँ पुग्नेछन् । त्यही दिन थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रासँग भेटघाट गर्नुका साथै दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । अप्रिल ४ मा बिम्स्टेकमा सहभागी भएर उनी त्यसै दिन श्रीलंकाका लागि प्रस्थान गर्ने बताइएको छ । श्रीलंकामा उनी अप्रिल ६ सम्म रहने बताइएको छ । 

अप्रिल १ अर्थात् चैत १९ गते थाइल्यान्ड जाने प्रधानमन्त्री ओलीले मोदीसँग भेटघाटका लागि प्रयास भइरहेको बताइएको छ । तर अहिलेसम्म भेटघाटको कुनै टुंगो नलागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

अ‍ोली र मोदीबिच अहिले सम्बन्ध चिसिएको छ । प्रधानमन्त्री अ‍ोलीले नेपाल भ्रमणका लागि निम्ता दिए पनि उनी आएका छैनन् । उनी नआएका मात्र हैनन्, ओलीलाई भारत भ्रमणको निम्तोसमेत दिएका छैनन् । 

यसअघि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन असोज पहिलो हप्ता अमेरिका पुगेका प्रधानमन्त्री अ‍ोली र मोदीबिच भेटवार्ता भएको थियो । दुईबिच सुरुदेखि तयारी गरे पनि सो भेट अन्तिम समयमा आधाका घण्टाका लागि मात्र भएको थियो । यसपटक पनि भेटघाटको समय तय भएको छैन । प्रयास जारी छ । प्रधानमन्त्री ओली चैत १९ गते थाइल्यान्ड गएर २३ गते फर्किने कार्यक्रम छ ।  
 

#भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी #प्रधानमन्त्री  केपी शर्मा ओली

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here