सप्तरीबाट ४ सय किलो गाँजा बरामद

समाचार सारांश

  • सप्तरीको महादेवाबाट प्रहरीले करिब ४ सय किलो गाँजा बरामद गरेको छ।
  • सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिकाबाट गाँजा बरामद गरेको हो।
  • बेवारिसे अवस्थामा झाडीमा लुकाएर राखेको १७ वटा पोकाबाट ३ सय ९७ केजी गाँजा बरामद गरिएको छ।

काठमाडौँ । प्रहरीले सप्तरीको महादेवाबाट करिब ४ सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट गाँजा बरामद गरेको हो । 

frontline

बेवारिसे अवस्थामा झाडीमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

१७ वटा पोकामा लुकाएर राखेको अवस्थामा सुरक्षाकर्मीले ३ सय ९७ केजी गाँजा बरामद गरेका छन् ।

#गाँजा बरामद #गाँजा #सप्तरी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here