संक्रमण बढेपछि बङ्गलादेशमा कडा लकडाउन
शनिबार, बङ्गलादेश । बङ्गलादेशमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमित भेटिने क्रम बढ्दै गएपछि सरकारले लकडाउन थप कडाइ गरेको छ।
बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार बिहीबार मात्र १५ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।
यो संक्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएकोे छ। बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बङ्गलादेशमा अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित छन् ।
बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ ।
तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ ।
बङ्गलादेशमा विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो ।
आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ । पछिल्लो महिना देशव्यापीरुपमा लकडाउन गरिएकोमा केही खकुलो थियो ।
साथै मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निशेध गरिने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्