श्रीमानसँग सम्बन्धविच्छेद गरेकी एक महिलाले कुकुरसँग बिहे

श्रोत : ईन्टरनेट

७ मंसिर, काठमाडौं । आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गरेकी एक महिलाले आफूले पालेको कुकुरसँग बिहे गरेकी छिन् । यी महिलाका अनुसार उनलाई उनका श्रीमानले भन्दा यो कुकुरले धेरै खुसी राख्छ ।

लण्डनकी यी महिलाले धुमधामले कुकुरसँग बिहे गरिन् । बिहेमा २ सय पाहुनाहरु सहभागी भएका थिए । ४७ वर्षकी अमांडा रेजर्स नामकी यी महिलाले आफू कुकुरसँग बिहे गरेर धेरै खुसी भएको बताएकी छिन् ।

frontline

सम्बन्धविच्छेदपछि धेरै महिनासम्म अमांडा एक्लै रहिन् । तर, अब बिहे गरेपछि उनी आफ्नो नयाँ पार्टनर शेबासँग खुसी छिन् । रेजर्सका अनुसार शेबाले उनलाई श्रीमानले भन्दा खुसी राख्छ ।

अमांडाले शेबासँग पूरै रितिरिवाजसँग बिहे गरिन् र कुकुरलाई चुम्बन गरेर पति मानिन् । द सनमा प्रकाशित रिपोर्टअनुसार लण्डनमा एक टिभी शोमा कुरा गर्दै अमांडाले कुकुर २ महिनाको हुँदा आफ्नो ऊसँग प्रेम भएको बताइन् ।

उनका अनुसार उनलाई त्यतिबेलै विश्वास भएको थियो कि एक दिन उनीहरु एक हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here