श्रीमतीको हत्या गरेर फरार भएका हरिराम पक्राउ, १० महिने छोरोको अवस्था अज्ञात

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अञ्जलीको शव पूजा कोठामा फेला परेको थियो र शव भेटिनुअघि नै श्रीमान् हरिराम यादव फरार थिए ।
  • हरिराम १० महिने छोरीसहित फरार भएका थिए, छोरीको अवस्था भने अझै अज्ञात छ ।
  • प्रहरीले घटनाबारे आज पत्रकार सम्मेलन गरी थप जानकारी दिने जनाएको छ।

८ जेठ, धनुषाधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ परेका छन् ।

frontline

श्रीमान् हरिराम यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।

अञ्जलीको शव भेटिएको केही दिनअघि नै श्रीमान रामहरि १० महिने छोरीलाई लिएर बेपत्ता भएका थिए ।

स्थानीयका अनुसार श्रीमान् श्रीमतीबीच विवाद भएको थियो । श्रीमान् रामहरि पक्राउ परेपनि छोरी अझै कुन अवस्थामा छन् भन्ने खुलेको छैन ।

धनुषा प्रहरीले घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने एसपी नरहरी रेग्मीले जानकारी दिए ।

अपराध |हत्या

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here