वैज्ञानिकको नजरमा उर्जामन्त्री खड्का पापी

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पछिल्लो समय व्यवसायी तथा ठेकेदारसमेत रहेका उर्जामन्त्री दीपक खड्काविरुद्ध आक्रमक देखिन थालेका छन् । 

गत साता ‘उर्जामन्त्रीले गणतन्त्रको बदनाम गरिरहेको’ भन्दै जुहारी खेल्न निम्तो दिएका उनले आज आन्दोलन गरेर भए पनि खड्कालाई पदबाट हटाउनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । वैज्ञानिकसमेत रहेका पुनले मन्त्री खड्कालाई पापीको संज्ञा पनि दिएका छन् ।

frontline

‘उर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ, त्यस्तो दुष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो’, उनले भनेका छन्, ‘तर उनीहरुले हटाउने छाँटकाँट देखिएन, बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।’

उता उर्जामन्त्री खड्काले राती-राती फोन गरेर दु:ख दिनेहरुको संख्या बढेको भन्दै गुनासो गरेका छन् । आज बिहान सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले लोडसेडिङको हल्ला मात्र फैलाइएको जिकिर गरे ।

‘राती १२/१ बजे फोन आउछ पटक पटक, स्वेदशबाट मात्रै होइन विदेशबाट पनि आउछ, मैले फोन उठाएको छु’, उनले सुनाए,‘लाइन गयो भन्ने, त्यहाँ बुझ्दा गएकै हुँदैन, यसरी एउटा दुख दिने, भ्रम फैलाउने प्रवृत्ति बढ्यो ।’

उर्जामन्त्री खड्काको रोजाईमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कुर्सीमा पुगेका हितेन्द्रदेव शाक्यले पनि एक मिडियालाई अन्तर्वार्ता दिदैँ उस्तै प्रकृतिको दु:खेसो पोखेका छन् ।

‘प्रधानमन्त्रीको सालो केटो भनेर प्रचार गरियो, त्यो भन्दा पनि मलाई कुनै आपत्ती छैन, खुशी नै छु’, उनले भनेका छन्, ‘तर लाइन नगएको बेला पनि राती फोन गरेर दु:ख दिने, जिस्काएकाे तरिकाले एउटै व्यक्तिले फरक फरक नम्बरबाट फोन गरेर दुख दिने प्रयास भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here