विपक्षी दलहरूको बैठक जारी

News Summary

Generated by OK AI. Editorially reviewed.

  • विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरेका छन्।
  • सभामुख घिमिरेले अवरोध अन्त्य गर्न प्रयास गरिरहेका छन् र आज दिउँसो १ बजे बैठक बोलाएका छन्।
  • नेता र सभामुखबीच संसद्को अवरोध खुलाउनेबारे छलफल भइरहेको छ।

२५ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ ।

frontline

संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।

सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन ।

यसैबीच शीर्षस्त नेताहरूबीच पनि संसद्को अवरोध खुलाउनेबारेमा छलफल भइरहेको हो ।

सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।

विपक्षी दल

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here