विद्युत प्राधिकरण घाटामा भनिएकोबारे रास्वपाले माग्यो ऊर्जामन्त्रीसँग जवाफ माग

२४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वत्न्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जामन्त्रीसँग जवाफ मागेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सचेतक निशा डागीले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दी पक खड्कासँग जवाफ मागेकी हुन् ।




‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा भएको नेपाल विद्युत प्राधिकरण एक महिनाभित्र ५ अर्ब २६ करोड घाटामा छ भनेको सुनिएको छ । यस विषयमा सदनमा आएर उर्जामन्त्रीज्युलाई स्पष्टीकरण दिन माग गर्दछु’, उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्