विकासको नाममा बढदै गएको गौर नगरपालिकामा चरम लापरबाही

मेवालाल। यादव रौतहट १६ ,गते गौर नगरपालिका कार्यालय भित्र बढदै गएको चरम लापरवाहीका कारण स्थानीयहरुले सास्ती खेप्दै आउनु परेको छ । विकासको नाममा बढदै गएको चरम लापरवाहीका कारण स्थानीय तथा यात्रीहरुलाइ सास्ती खेप्नु परेको हो ।

गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले २० बर्षमा नभएको बिकासको काम ४ बर्षमा पुरा गर्ने ठोकुवा गर्दै चुनाव जित्न सफल भएपनि, हालसम्म गौर नगरपालिका भित्र रहेको सडक जस्ताको त्यस्तै रहेको पाइन्छ । गौरको मुल सडकका साथै प्रमुख प्रवेशद्वारको रुपमा रहेको मितेरी पुलको अवस्था समेत दैनीय हुदै गएको छ ।

frontline

तर कहिलेपनि कमिसनको भाग बन्डा नमिल्दा बिकासको काम हुन नसकेको प्रष्ट देख्न सकिन्छ । जुन जोगी आएनि कानै चिरेको उखान जस्तै हालका गौर नगरपालिका नगर प्रमुख गुप्ताले प्रमाणित समेत गरेका छन । स्थानीय युवाहरुले समाजिक संजालको माध्यमले गौर नगरपालिका भित्र भएको

बिकास बारे पटक पटक समाचार उजागर गरेपनि नगरपालिका प्रमुख गुप्ताले त्यसतर्फ कुनै चासो देखाएको पाइएन । हाल गौर नगरपालिका भित्र रहेको सडकहरुको अवस्था दैनीय बन्दै गएको कारण स्थानीय तथा यात्रीहरुलाई सास्ती खेप्नु परिरहेको छ । गौर नगरपालिका भित्र रहेका स्थानीय तथा आवगमन गर्ने यात्रीहरुलाई समेत उक्त समस्याको सामना गर्दै आएका छन ।

दिनहु परिरहेको पानीले गर्दा खराब भएको सडकमा पानी जम्मा हुने गरेको कारण यात्रुहरुमा समेत समस्या थपिएको छ । प्रदेश नम्बर २ को एक मात्र नगरपालिका भनेर चिनिने गौर नगरपालिका मात्र भनाईको लागी रहेको भन्दै एक जना यात्रीले आफ्नो दुखेसो पोखेका छन ।

गौर नगरपालिका भित्र प्रति बर्ष करोडौं बजेट आउने गरेपनि आफ्नो कर्मचारीहरु लगायत आसेपासेलाई पाल्ने बाहेक केही गर्न नसकेको आरोप यात्रुहरुको रहेको छ ।

गौर नगरपालिका भित्र रहेको अधिकांश सडकहरुको निर्माण कार्य हुनु भन्दा अगाडी भागबन्डाको कुरा हुने गरिन्छ, एक जना स्थानीयले बताए । उहाले नगरवासी भएको कारण आफ्नो नाम उजागर नगर्ने सर्तमा पहिला भाग बन्डाको कुरा हुने गरेको र त्यस पश्चात काम हुने गरेको कारण विकासको तिब्रता हुन नसकेको बताए ।

गौर नगरपालिका भित्र रहेको सडक निर्माण गरेको कुन सडक हालसम्म राम्रो रहेको समेत, उनले बताए । भागबन्डाको कुरा मिलेपछि ठेकेदार कम्पनीले समेत कमसल समाग्री प्रयोग गरेकै कारण निर्माण त हुन्छ तर ६ महिना समेत टिक्दैन भन्दै उनले आरोप लगाए ।

यता गौर नगरपालिका भित्र भएको विकास बारे नगर प्रमुख अजय गुप्ता संग बुझन खोज्दा उहाँको मोवाईल सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here