लेक लागेर मुगुमा २ दिनमा ४ जना यार्चासंकलकको मृत्यु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

 मुगुको पाटन क्षेत्रमा लेक लागेर  दुई दिनमा चार जना यार्चा संकलकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

 मुगुको पाटन क्षेत्रमा लेक लागेर  दुई दिनमा चार जना यार्चा संकलकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

frontline

लेक लागेर मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा, २४ वर्षीय राजबहादुर सावत र छायाँनाथ रारा नगरपालिका–१० का २० वर्षीय देवराज बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।

प्रमुख जिल्ला अधिकारी केसीका अनुसार ठूलो कोइकीमा लेक लागेर सिकिस्त बिरामी परेका देवराज र राजबहादुरलाई उपचारका लागि मुगु स्वास्थ्य चौकीमा ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइादै थियो । उनीहरूको बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

त्यस्तै शुक्रबार लेक लागेर मुनबहादुर बुढा र सोबान बुढाको मृत्यु भएको थियो । त्यस्तै लेक लागेर बिरामी परेका जीवन बुढाको उपचार भइरहेको छ । लेक लागेर बिरामी पर्न थालेपछि प्रशासनले औषधिसहित चिकित्सकको टोली पाटनतर्फ पठाउन पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

जिल्ला सदरमुकाम गमगढीदेखि यार्चा संकलन क्षेत्र ठूलो कोइकी, सानो कोइकी पुग्न करिक चार दिन लाग्ने र उक्त क्षेत्रमा सञ्चार नेटवर्कले काम नगर्दा संकलककर्ताको अवस्था बुझन सुरक्षाकर्मी र स्वास्थ्यकर्मी कठिनाइ भइरहेको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले बताए ।

जिल्ला र केन्द्रबाट औषधिसहित चिकित्सकको टोली पाटन पठाउन पहल भइरहेको संघीय सांसद ऐनबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here