लालबन्दीमा आँखा शिविर : ४८३ जना लाभाम्वित
सर्लाहीको लालबन्दी नगरपालिका- १७ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
लालबन्दी-१७ को वडा कार्यालयमा सोमबार सम्पन्न भएको शिविरबाट ४८३ जना लाभाम्वित भएका छन् । सो शिविरबाट सेवा लिएकामध्ये ६७ जनामा मोतियाविन्दुको समस्या भेटिएको लाइन्स क्लव अफ लालबन्दीले जनाएको छ ।
लायन्स क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा भएको शिविरबाट ३०० जनालाई नि:शुल्क चस्मा वितरण गरिएको छ । लाइन्स क्लवका अनुसार यसअघि वडा नम्बर-७, वडा नम्बर-१५ र १६ मा शिविर पनि शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको विभिन्न स्थानमा शिविर सम्पन्न भएपछि मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्याक्रिया गरिनेछ । जसका लागि यही फागुन १८ गते सामुदायिक परोपकार आँखा उपचार केन्द्र लालबन्दीमा अप्रेसनको व्यवस्था गरिएको छ
प्रतिक्रिया दिनुहोस्