रौतहटमा उद्योग दुर्घटना: डिस्टिलरी बोइलर पड्किँदा एक मृत, पाँच घाइते

श्रीकान्त यादव

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा शुक्रबार बिहान ठूलो दुर्घटना भएको छ । डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् ।
प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गरिएको छ ।

frontline

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक (सई) धर्मेन्द्र पौडेलले आफू घटनास्थलमा पुगिसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । घटनाको कारण, मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here