रेखा सम्मिलित अबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.

  • रेखा पौडेलको अबुधाबी कन्ट्री क्लबले यूएई महिला लिग प्रथम डिभिजनको उपाधि जित्यो।
  • अबुधाबीले ७ खेलमा ७ जितसहित २१ अंक ल्याएर उपाधि जित्यो।
  • उनीहरूले ३३ गोल गरे र कुनै गोल बेहोरेन।

३१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर रेखा पौडेल सम्मिलित अबुधाबी कन्ट्री क्लबले यूएई महिला लिग प्रथम डिभिजनको उपाधि जितेको छ ।

frontline

यूएईमा लिग खेलेको पहिलो अवसरमै रेखा अबुधाबीबाट उपाधि जित्न सफल भएकी छन् । अबुधाबीको भने यो लगातार ११औं उपाधि हो ।

अबुधाबीले ७ खेलमा ७ वटै जितसहित २१ अंक जोडेर च्याम्पियन बनेको हो । यस क्रममा अबुधाबीले ३३ गोल गर्दा कुनैपनि गोल बेहोरेन ।

उपाधि जितेपछि रेखाले सामाजिक सञ्जालमा उपाधिसहित उत्सवको तस्वीर तथा भिडियोहरू पोस्ट गरेकी छन् ।

क्लबको खेल सकिएसँगै रेखा अब केही दिनमै नेपाल फर्किएर राष्ट्रिय टोलीको क्याम्पमा सामेल हुनेछिन् ।

नेपाली टोली हाल एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त छ । उज्बेकिस्तानमा आगामी जुन २९ देखि छनोटका खेलहरू हुँदैछन् ।

अबुधाबी कन्ट्री क्लबरेखा पौडेल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here