राष्ट्रपति भण्डारीले लगाइदिइन् भाइटीका

श्रोत : ईन्टरनेट

२० कार्तिक, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्। भण्डारीले शनिबार राष्ट्रपति निवास, शितल निवासमा बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी हुन्।

राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमली, सयपत्रीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन्। भाइ डेगेन्द्र पाण्डेले पनि सोही अवसरमा राष्ट्रपति भण्डारीलाई टीका तथा माला लगाई पूजा गरेका थिए।

frontline

 कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार टीका ग्रहण गरेका छन्।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। 

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको थियो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

तस्बिरहरु : रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here