रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)

काठमाडाैँ ।  बिहीबार रातो मच्छिन्द्रनाथको रथले ललितपुरको लगनखेलस्थित माजु सिमा रूखलाई भक्तजनहरूले तानेर तीन पटक परिक्रमा गराएका छन् ।

मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिने यस रूखको परिक्रमा मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप गरिएको हो। वर्षा र समृद्धिको कामनासहित सम्पन्न यो परम्परा रथ यात्राको एक महत्वपूर्ण धार्मिक पक्ष मानिन्छ।

frontline

भोलि भने रथको माथिबाट नरिवल फाल्ने परम्परा हुनेछ। जनविश्वासअनुसार उक्त नरिवल जसले समाउँछ, उसले छोरा पाउने विश्वास रहिआएको छ। यसै अवसरमा ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।

1
2
3
4
5

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी  

#रातो मच्छिन्द्रनाथको रथ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here