राजा फर्काउन साथ खोज्दै रास्वपालाई पत्र

राजावादीहरुले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई राजा फर्काउने आन्दोलनमा साथ दिन आग्रह गरेका छन् ।

‘राजसंस्था पुनर्स्थापनाका लागि जनान्दोलन समिति’ले गणतन्त्र कि राजतन्त्र भन्नेमा कित्ता प्रष्ट नगरेको उक्त पार्टीका कार्यवाहक सभापति डोलप्रसाद उर्फ डिपी अर्याललाई पत्र लेखेर सहयोग मागेको हो । उक्त समितिका संयोजक नवराज सुवेदीले वर्तमान व्यवस्था परिवर्तन गर्न रास्वपाको साथ पाउने विश्वास पत्रमा व्यक्त गरेका छन् । 

frontline

‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ,’ सुवेदीले पत्रमा लेखेका छन्, ‘राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।’

चैत १५ गते तीनकुनेमा हिंसात्मक आन्दोलन चर्काएको सो समितिले गणतन्त्र दिवसको दिन पारेर जेठ १५ देखि आन्दोलनको घोषणा गरेको छ । उक्त आन्दोलनलाई निर्णायक बनाउने दावीका साथ विभिन्न समूहमा छरिएर रहेका राजावादीहरु यतिबेला आन्तरिक गृहकार्यमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here