राजावादी झडपमा दुई प्रहरीसहित आधा दर्जन घाइते

राजावादीहरूले आज नक्सालको नारायणचौरमा गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा आधा दर्जन घाइते भएका छन् ।
प्राप्त जानकारीअनुसार घाइते हुनेमा दुई प्रहरी र चार जना प्रदर्शनकारी रहेको बताइएको छ । घाइते प्रदर्शनकारीको नारायणचौरस्थित एक अस्पतालमा उपचार भैरहेको छ ।




झडपमा परी घाइते भएका प्रहरीलाई भने वीर अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
राजा फर्काउन अनिश्चितकालिन आन्दोलन घोषणा गरेका राजावादीहरूले प्रहरीको घेरा तोडेर प्रधानमन्त्री निवासको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि झडप उत्पन्न भएको हो । त्यसक्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्