राजावादी जमघटले बिध्यार्थी हायलकायल

राजसंस्था पुनर्स्थापना,हिन्दु राज्य स्थापना र संघीयता खारेजीको माग राख्दै आन्दोलनरत राप्रपा,राप्रपा नेपाललगायत राजावादीहरुको विरोध कार्यक्रमले स्थानीय विद्यालयमा असर पुगेपछि आन्दोनलस्थल परिवर्तनको आवाज उठाइएको छ । सिफलस्थित बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा आन्दोलनबाट विद्यालयको पठनपाठन प्रभावित भएको उल्लेख छ । 

विद्यालयले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा राप्रपालगायत राजावादीहरुले जेठ १५ गतेदेखि थालेको आन्दोलनमा हिजोदेखि सिफल चौरमा गरिएको नारा, जुलुस, चर्को आवाजमा संगीत बजाइएकाले सुरक्षा चुनौतीसँगै अध्ययन अध्यापन कार्यमा बाध पुगेको लेखिएको छ ।

frontline

सिडिओलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरु समेत अध्ययन गर्ने भएकाले बढी संवेदनशील हुनुपर्ने अवस्थामा यस्ता खालका गतिविधिहरु भइरहेको हुँदा तुरुन्त आन्दोलनको स्थान परिवर्तन गरी विद्यालय शान्तिक्षेत्र  भएकाले विद्यार्थीहरुले शान्तपूर्वक अध्ययन गर्न पाउने बाल अधिकारलाई समेत मनन गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

जिल्ला प्रशासन कार्यालयले राप्रपालगायत सबै राजावादीलाई आफ्ना विरोध कार्यक्रम सिफल, बल्खु र कोटेश्वर क्षेत्रमा मात्रै गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here