राजावादीको तान्त्रिक अनुष्ठान, हाई अलर्टमा रहन आइजीपीको निर्देशन

राजसंस्था फर्काउन राजावादीहरुले तान्त्रिक अनुष्ठानको आयोजना गरेका छन् । जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेको ‘संयुक्त जनान्दोलन समिति’ ले आगामी मंगलबार भद्रकाली पीठमा तान्त्रिक अनुष्ठान गर्न लागेको हो । 

संयुक्त जनआन्दोलन समितिका सल्लाहकार तथा पूर्व कार्यवाहक संयोजक डा. जगमान गुरुङले वैदिक सनातन अधिराज्यसहित संवैधानिक राजसंस्था स्थापना र सैन्य शक्ति अभिवृद्धिको लागि तान्त्रिक अनुष्ठान आयोजना गरिएको जानकारी दिए । उक्त अनुष्ठानमा सहभागिताका लागि उनले राजवादीहरुलाई अपील गरेका छन् । 

frontline

राजावादीहरुले आन्दोलन चर्काउने तयारी गरिरहँदा भावी राजाका रुपमा चर्चा गरिएका पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र नेपाल फर्किएका छन् । अमेरिकाको बोस्टनमा मास्टर्स पढिरहेका पारस-हिमानीपुत्र उनी हिजो बिहान काठमाडौँ ओर्लिएका हुन् । 

चैत १५ गते तीनकुनेमा हिँसा मच्याएका राजावादीहरुले आउँदो १५ गतेदेखि निरन्तर आन्दोलन अघि बढाउने घोषणा गरेपछि प्रहरीले काउन्टर रणनीति बनाउने भएको छ । राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै आईजीपी दिपक थापाले यसलाई गम्भीरतापूर्वक लिन मातहतका निकायलाई कडा निर्देशन दिएका छन् ।

राजावादीहरुको प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन प्रहरीलाई हाइ अलर्टमा बस्न भनिएको छ । आज बिहान उपत्यकाका बिभिन्न युनिटका इञ्चार्ज र सहायक इञ्चार्जलाई भृकुटीमण्डपस्थित पुलिस क्लबमा बोलाएर छलफल गरेका आइजीपीले बलियो सुरक्षा रणनीति बनाएर परिचालित हुन निर्देशन दिए । 

‘आजको छलफल राजावादीले गर्न लागेको आन्दोलनमै केन्द्रीत रह्यो, चिफ सापबाट सूचना र संयन्त्र ग्याप नहुने गरी रणनीति बनाउन निर्देश भएको छ’, एक प्रहरी अधिकृतले जनआस्थासँग भने, ‘त्यसबाहेक उहाँले प्रहरी आफैँमा लड्दा आमरुपमा गलत संदेश गएकाले आपसमा   सहयोग र समन्वय गरेर काम गर्न पनि आदेश दिनुभयो, प्रहरीकै अनेक काण्ड फेसबुकमा आइरहेको छ, त्यस्तो नहोस् भन्ने उहाँको भनाई थियो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here