रसुवाको ठूलोभार्खुमा पहिरो, धुन्चे–स्याफ्रुबेसी खण्ड अवरुद्ध

प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ । तर पहिरो झरिरहेकाले केही समय लाग्ने प्रहरीले जनाएको छ ।

२५ असार, काठमाडौं । रसुवाको धुन्चे–स्याफ्रुबेसी पहिरोले अवरुद्ध भएको छ । ठूलो भार्खु भन्ने ठाउँमा पहिरो झरेपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो ।

frontline

प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ । तर पहिरो झरिरहेकाले केही समय लाग्ने प्रहरीले जनाएको छ ।

मंगलबार तिब्बत हुँदै बग्ने भोटेकोशी नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध छ । बाढीमा परी ९ जनाको शव भेटिएको छ भने १९ जना अझै बेपत्ता छन् । बाढीले रसुवामा पुल, सडक, भन्सार कार्यालयमा क्षति पुर्‍याएको छ भने मालवाहक र साना सवारी साधन समेत बगाएको छ ।

सडकमार्गमा क्षति पुगेकाले राहत तथा उद्धार कार्यमा कठिनाइ भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

बाढीपहिरो |रसुवा | स्याफ्रुबेसी सडक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here