योगदान राष्ट्रको लागि युएईद्धारा स्वास्थ्य शिविर सम्पन्न
योगदान राष्ट्रको लागि युएई समितिको आयोजनामा निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
२६ जनवरी २०२५ (माघ १३ गते, २०८१) का दिन राल्स क्लिनिक, बरदुबईमा सफलतापूर्वक शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ५८ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुभएको थियो । युएई कार्य समिति अध्यक्ष राजु शर्माको पहल र संयोजकत्वमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष भुमिराज कंडेलले समन्वय तथा व्यवस्थापन गर्नुभएको थियो ।
कार्यक्रममा क्लिनिकका म्यानेजर किशोर, डा. सोनु, डा. नसिहा, डा. सविर तथा सम्पूर्ण क्लिनिक टिमले सेवा दिएका थिए । कार्यक्रममार्फत २ जना नयाँ साधारण सदस्य जोडिनु भएको छ । ४–५ जना नयाँ सदस्यहरु पनि जोडिने हुनुभएको योगदान राष्ट्रको लागि युएई समितिका सचिव मनोज उप्रेतीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्