युनाइटेड एयरलाइन्सले एक्कासि रोक्यो कयौँ उडान, हजारौँ यात्रु अलपत्र

समाचार सारांश

  • युनाइटेड एयरलाइन्सका उडानहरू प्राविधिक गडबडीका कारण बुधबार रोकिए, हजारौं यात्रु अलपत्र परे।
  • कम्पनीले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै गन्तव्यमा पुर्याउन पहल गर्ने जनाएको छ।
  • एफएएले युनाइटेडका उडानहरू रोक्न आदेश दिएको छ, डेनभर, नेवार्क, ह्युस्टन र शिकागो जस्ता विमानस्थल प्रभावित।

लस एन्जलस । अमेरिकी विमान सेवा प्रदायक कम्पनी युनाइटेड एयरलाइन्सका धेरै उडानहरू बुधबार अचानक रोकिए । यसले गर्दा हजारौँ यात्रुहरू अलपत्र परे । प्राविधिक गडबडीका कारण यो कदम चालिएको कम्पनीले बताएको छ । 

प्राविधिक समस्याका कारण मुख्य उडानको डिपार्चर विमानस्थलमै रोकिदिएको कम्पनीले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ । अन्य उडानमा पनि ढिलाइ हुन सक्ने कम्पनीको भनाइ थियो । यात्रुहरूको सुरक्षा आफ्नो सबैभन्दा ठुलो प्राथमिकता भएको र उनीहरूलाई सुरक्षित रूपमा उनीहरूको गन्तव्यमा पुर्याउन सक्दो प्रयास गर्ने पनि विज्ञप्तिमा बताइएको थियो । 

frontline

अमेरिकाको सङ्घीय उड्डयन निकाय एफएएले पनि युनाइटेडका उडानहरू रोक्न आदेश दिएको छ । यो प्रतिबन्ध डेनभर, नेवार्क, ह्युस्टन र शिकागो जस्ता प्रमुख विमानस्थलहरूमा लागू गरिएको छ । 

अमेरिकाको उड्डयन सेवामा समस्या आएको यो पहिलो पटक होइन । गत महिना, प्राविधिक गडबडीका कारण अलास्का एयरलाइन्सको उडानहरू घण्टौँसम्म रोकिएको थियो । यस वर्ष नेवार्क विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण प्रणाली धेरै पटक असफल भएको छ ।

#युनाइटेड एयरलाइन्स

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here