यातायात बन्दले सडकमा सास्ती, गृह मन्त्रलायमा वार्ता

सरकारले यातायात व्यवसायीका माग सम्बोधन गर्न पहल थालेको छ । गृह मन्त्रालयमा एक घण्टादेखि सरकार र आन्दोलनरत पक्षबीच वार्ता जारी छ ।

वार्तामा गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउन संघर्ष समितिका नेताहरु सहभागी छन् । सात बुँदे माग सम्बोधन गर्न सरकारलाई जेठ १९ गतेसम्म अल्टिमेटम दिएका यातायात व्यवसायीले आजदेखि सार्वजनिक सवारी साधन पूर्णरुपले ठप्प पारेका छन् । 

frontline

उता यातायात व्यवसायीको आन्दोलनले राइड सेयरिङ प्रयोगकर्तालाई झन् फाइदा पुगेका देखिन्छ । इन्ड्राइभ र पठाओजस्ता राइड सेयरिङ प्ल्याटफर्महरुमा यात्राको शुल्क दर नै ह्वात्तै बढेको छ । अरुबेला एक सयमा यात्रा हुने दूरीमा अहिले २५० भन्दा बढी शुल्क तिनुपर्ने बाध्यकारी परिस्थिति सिर्जना भएको छ । 

सार्वजनिक यातायात ठप्प हुँदा काठमाडौँ उपत्यका भित्रने र बाहिरिने यात्रु रोकिएका छन् । सर्वसाधारण महंगो शुल्क तिरेर राइड सेयरिङ प्रयोग गर्न बाध्य भएका छन् । 

परिस्थितिको गलत फाइदा उठाएर इन्ड्राइभ र पठाओले लुट मच्चाएको गुनासोपछि ट्राफिक प्रहरी सूचना नै सार्वजनिक गरेर त्यस्तो पाइएमा आफूलाई जानकारी गराउन आग्रह गरेकाे अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here