मुलुकमा आगो झोस्नेहरुले अहिले पुराना नेतालाई भ्रष्टाचारी करार गरिरहेका छन् : पुर्वमन्त्री तामाङ
पुर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले मुलुकमा आगो झोस्नेहरु कहिल्यै देशको पक्षमा नहुने बताउनुभएको छ । आज मेलम्ची ९ स्थित गुफाडाडामा आयोजित छैटौं जलवायु सम्मेलनलाई सम्बोधन गर्दै पुर्वमन्त्री तामाङले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय समुदायले दिने बजेट नदिएको भन्दै गुफाडाडा जलवायु सम्मेलन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बजेट माग गरेर कार्ययोजना समेत बनाउन नसकेको प्रति आपत्ति जनाउदै जलवायु परिवर्तनका बारेमा कुरा गर्दै बिदेश जानेहरुले अहिले सम्म के गरे भन्ने प्रश्न गर्नुभयो ।
मुलुकमा आगो झोस्नेहरु अहिले सक्रिय रहेको भन्दै कोहि मान्छे भ्रष्टाचारी भए समातेर जेल हाल्न चुनौती दिनुभयो । निर्वाचनमा भागलिने नाममा देशमा आगो बाल्नेहरु गाउँमा आउन सक्ने भन्दै सचेत भएर गाउँको विकास गर्ने,बाटोघाटो गर्ने,जनताको आर्थिकस्तर उकास्नका लागी निरन्तर लागिरहने देश बनाउने पार्टीका उम्मेदवारलाई जिताउन समेत अपिल गर्नुभयो ।
त्यस्तै बागमती प्रदेशका कानुन मन्त्री शिवराज अधिकारीले जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति न्युनिकरणका लागि तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्दै विकशित राष्ट्रसँग यसकाे क्षतिपूर्ति दाबी गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रमका सभापति मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलवायु पार्क र मेलम्ची देखी ज्यामिरे गुफाडाडा,ओखरेनी सडक निर्माणको जिम्मेवारी प्रदेशका मुख्यमन्त्रीले लिएको भन्दै गुफालाई पर्यटकीय हिसाबले निर्माण गर्ने कुरामा मेलम्ची मात्रै नभई छिमेकी पलिका समेत लागिरहेको बताउनुभयो ।
तालिम सेन्टर,बुद्धको मुर्ति,टावर बनाएर गुफाडाडालाई पर्यटकिय र शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले बुद्धको मुर्ति,डम्फूपार्क,सिढीँ निर्माणको लागी बजेट बिनियोजन भैसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी तामाङ ,पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा,निवर्तमान जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ,एमाले नेता बालकृष्ण देउजा,नगरपालिकाका उपप्रमुख उमा प्रधान लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा जलवायु विज्ञ महेश्वर ढकालले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा खैजडी भजन,झाक्रीनाच,विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रस्तुति समेत रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्