मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्छ : प्रधानमन्त्री देउवा
५ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्ने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनु भएको देउवाले त्रिविको ४७औं दीक्षान्त समारोहमा बोल्दै उक्त भनाइ राख्नु भएको हो ।
साथै प्रधानमन्त्री देउवाले विश्वविद्यालयमा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी शिक्षा दिइनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले विश्वविद्यालयको शिक्षालाई स्तरिय बनाउनका लागि प्राध्यापक, कर्मचारी र विधार्थीबीच सहकार्य, सहयोग र सद्भाव सदैव राख्न पनि ध्यानाकर्षण गराउनुभएको थियो ।
दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री देउवाले ०७७ असार १ देखि ०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी ट्रान्सक्रिप्ट लिइसकेका गर्नुभएको छ ।
विभिन्न संकायका सयौँ विद्यार्थीहरु यो वर्ष पनि दिक्षित हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस्