मुगुको सोरु गाँउपालिकाका स्वास्थ्य संस्थामा सिटामोल लगायतका औषधिको चरम अभाव

श्रोत : ईन्टरनेट

१७ पुस, मुगु । हिमाली जिल्ला मुगुको सोरु गाँउपालिकामा रहेका स्वास्थ्य संस्थामा सिटामोललगायतका औषधिको चरम अभाव भएको छ ।

हरेक वर्ष स्थानीय पालिका र संघीय सरकारबाट लाखौंको बजेट विनियोजन भएतापनि सोरु गाउँपालिकास्थित आधारभूत स्वास्थ्य संस्थादेखि स्वास्थ्य चौकी तथा स्वास्थ्य शाखाका गोदामहरु रित्तो भएका छन् ।

frontline

अहिले यहाँ सिटामोल, महिलाहरुले प्रयोग गर्ने गर्भनिरोधक अस्थाई साधानलगायतका औषधिहरुको चरम अभाव भएको छ । औषधि राख्ने स्टोरहरु खाली भएका छन् ।

यसरी स्वास्थ्य संस्थामा औषधिको चरम अभाव हुँदा ११ वटा वडाका नागरिकहरु निजी मेडिकलमा चर्को मूल्य तिर्न बाध्य बनेका छन् ।

यतिसम्म कि यहाँका नागरिकहरु औषधोपचार गर्नकै लागि सदरमुकाम गमगढी बजारसम्म पुग्न बाध्य छन् ।

यहाँका कर्मचारीहरुसमेत पालिकाले औषधि उपलब्ध गराउन नसक्दा घाम तापेर दिन बिताइरहेका छन् ।

उपचारको लागि स्वास्थ्य संस्थामा पुगेका नागरिकहरुलाई औषधि छैन भनेर निजी मेडिकल र घर फर्काउने गरेका छन् ।

सोरु गाँउपालिका–६ सोरुकोटका बलिराज शाहीले भने, ‘बिरामी हुँदा मेडिकलमा महँगो मूल्य तिरेर उपचार गर्नुपर्ने बाध्यता छ ।

कहिले काँही फेन नेपाल नामका संस्थाबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उपचार गर्ने गर्छौं ।’

स्वास्थ्य चौकी नार्थपुका अहेब टिकाराज आर्यायले भने गाउँपालिकाबाट आउने औषधि गर्त वर्ष ३ महिनासम्म नआएको बताए ।

त्यस्तै यो वर्ष कुनै पनि औषधि पालिकाबाट नआएको उनको भनाइ छ । उनले भने, ‘हिजो आज सिटामोल पनि छौन ।

कर्मचारीहरु स्वास्थ्य संस्थामा बसेपनि भयो, नबसेपनि भयो । बिरामीहरु आउन्छन् तर, औषधि छैन । धेरै पटक पालिकासंग माग गरिसकेका छौं । औषधि नै ओउदैन ।’

यता सोरु गाँउपालिका स्वास्य शाखाका अनुसार आ.व. २०७७–७८मा खरिद गरिएको औषधिले अहिलेसम्म काम चलेको छ ।

तर, आ.व. २०७८–८९ को औषधि खरिद गर्नको लागि पालिकाबाट बजेट विनियोजन गरेको भएतापनि प्रमुख प्रशासकीय अधिकृतहरु परिवर्तन, खाता सञ्चालनलगायतका कारण नियमित कार्यक्रम र औषधि खरिद नहुदा पालिकाभित्र औष्धि अभिव भएको स्वास्थ्य संयोजक कर्ण बहादुर सावतले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here