मिटरब्याज पीडितले थप १० दिन उजुरी दिन पाउने

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूबाट उजुरी सङ्कलन गर्ने म्याद १० दिन थपेको छ।

आयोगले आज सूचना जारी गर्दै थप १० दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न पीडितहरूलाई भनेको छ।

frontline

सूचनामा पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेभसाइटमा राखिएको र त्यसलाई प्रिन्ट गरेर उक्त फारममा उल्लेख भएका विवरणहरू भरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरिएको छ।

आयोगले ‘आफूसँग रहे भएसम्मका त्यस्तो ऋण/कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौता लगायत लिखतहरुको प्रतिलिपी वा फोटोकपीसमेत राखी निवेदन माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here