माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

News Summary
Generated by OK AI. Editorially reviewed.
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्यो।
- मुदामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित १८ करोड ५८ लाख ५० हजार रुपैयाँ जरिवाना र सजायको माग छ।
- मुदा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेका छन्।




२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।
प्रतिक्रिया दिनुहोस्