माधव नेपालको सांसद पद निलम्बन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि माधव कुमार नेपालको सांसद पद निलम्बनमा परे।
  • नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो।
  • मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि पहिलो पटक हो।

frontline

२२ जेठ, काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ ।

पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।

माधव नेपाल

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here