माओवादीसँगको एकता प्रयासले नेसपामा चर्कियो विवाद

अध्यक्ष महिन्द्रराय यादव रुपान्तरणसहित एकताको पक्षमा देखिँदा सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्ष एकतामा अब ढिला गर्न नहुने बताइरहेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • माओवादी केन्द्रसँगको पार्टी एकताले नेपाल समाजवादी पार्टीभित्र विवाद देखिएको छ।
  • सहअध्यक्ष गंगानारायण श्रेष्ठ समूहले १२ जेठमा एकताको तयारी गरिरहेको छ र बैठक बोलाएको छ ।
  • अध्यक्ष महिन्द्रराय यादव र महासचिव रमेशप्रसाद यादवले ११ जेठको केन्द्रीय बैठक नरहेको स्पष्ट पारेका छन्।

८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयमा नेपाल समाजवादी पार्टीभित्र विवाद देखिएको छ ।

पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सांसद गंगानारायण श्रेष्ठ र उनको समूह माओवादी पार्टीसँग एकताको तयारीमा छन् । पार्टी अध्यक्ष महिन्द्रराय यादव यथास्थितिमा एकतामा अनिच्छुक देखिएका छन् ।

माओवादीसँगको एकता प्रक्रियालाई अन्तिम रुप दिन श्रेष्ठ समूहले ११ जेठमा केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसलाई खण्डन गर्दै अध्यक्ष यादवले पार्टीको आधिकारिक बैठक नरहेको स्पष्ट पारेका छन् ।

यादवनिकट महासचिव रमेशप्रसाद यादवले बिहीबार विज्ञप्ति जारी गर्दै ११ जेठमा पार्टीको केन्द्रीय समितिको आधिकारिक बैठक नरहेको जनाएका छन् । विज्ञप्तिमा उनले नेकपा माओवादी केन्द्रबीच रुपान्तरणसहित एकता गर्न नेपाल समाजवादी पार्टी दृढ रहेको बताएका छन् ।

‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको सन्दर्भमा रुपान्तरणसहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु,’ विज्ञपितमा भनिएको छ ।

नेपाल समाजवादी पार्टी |नेसपामा चर्कियो विवाद |माओवादीसँग एकता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here