महानगरका १५ सय ५० जना कर्मचारीको १ तह माथिल्लो पदमा समायोजन

काठमाडौं महानगरमा कार्यरत १५ सय ५० कर्मचारीलाई १ तह माथिको पदमा समायोजन गरिएको छ । फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ बमोजिम कर्मचारीहरुको समायोजन गरिएको हो । माघ २३ गते बसेको ५६ औं कार्यपालिका बैठकमा पेश भएको विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइएको थियो । विशेष नगर सभामा समितिले बिधेयक पेश गरेको थियो ।

समायोजन भएका अधिकृत स्तरदेखि माथिल्लो दर्जाका कर्मचारीलाई आज पत्र दिइएको छ । त्यसपछि राष्ट्रिय सभा गृहमा ‘सकारात्मक आचरण विकास नेतृत्व विकास तालिम’ आयोजना गरिएको थियो ।

frontline

कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने बताउनुभयो । ‘चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता हो । महानगरबाट स्वीकृत भएका नीति तथा कार्यक्रम उपयुक्त भए कि भएनन् भनेर तपाईँहरुले टिप्पणी गरिरहनु पर्दैन । यसको प्रभाव विश्लेषण गरेर राम्रा वा नराम्रा छुट््याउने काम हामी जनप्रतिनिधिको हो । तपाईँहरु स्वीकृत कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा लाग्नोस् ।’ प्रमुख शाक्यले कर्मचारीले इमान्दार भएर काम गर्ने हो भने जनप्रतिनिधिको नीति जनतामा पुग्ने बताउनुभयो । कर्मचारीको समायोजन सेवाप्रतिको उत्प्रेरणाका लागि पनि हो । उहाँको भनाइ थियो ।

‘समायोजन ऐनबाट लाभ नपाएका कर्मचारीहरु पनि हुनुहुन्छ ।’ उहाँले थप्दै भन्नुभयो — ‘स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएका भन्ने डरले काममा घोटिएको पनि देखेको छु । यसविचको फरक आफैं छुट््याएर व्यवहारमा परिवर्तन ल्याउनोस् । उहाँहरुको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नु पर्ने छ ।’

‘समायोजन ऐनबाट लाभ नपाएका कर्मचारीहरु पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएका भन्ने डरले काममा घोटिएको पनि देखेको छु । यसविचको फरक आफैं छुट््याएर व्यवहारमा परिवर्तन ल्याउनोस् । उहाँहरुको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नु पर्ने छ ।’  — प्रमुख शाक्य 

‘राम्रा कुरा जोगाउन कठिन छ । राम्राका आडमा नराम्रा कुरा प्रोत्साहित हुनु हुँदैन ।’ कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — ‘तपाईहरुको काँधमा ठूलो जिम्मेवारी थपिएको छ । तपाईँहरुको भावना सम्बोधन भएसँगै हामीले नगर सभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेका छौं । कर्मचारीले पदीय पहिचान र मर्यादाअनुकुल आचरण गर्ने कुरामा मेरो विश्वाश छ ।’

‘वृत्ति विकास कर्मचारीका लागि उत्प्रेरणा हो । समायोजनपछि तपाईँहरु सेवाप्रति थप जिम्मेवार र इमान्दार बन्नुहुनेछ भन्ने मेरो विश्वाश हो ।’ प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो — ‘नतिजामुखी कार्यप्रणाली अहिलेको आवश्यकता हो । समायोजनका क्रममा सामुहिक हित र व्यवहारिकता हेरिएको छ । कर्मचारीले आदेशको सृङ्खला (चेन अफ कमाण्ड) मान्नुपर्छ । अहिलेसम्म राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्न कानुन थिएन ।’ उहाँले कर्मचारीमा सेवाप्रति इमान्दार हुनु पर्ने बताउनुभयो । विशेष अधिवेशनबाट कर्मचारीको सेवा सर्त सम्बन्धि ऐन जारी हुने कुरा उल्लेख गर्दै उहाँले यसबाट राम्रा र नराम्राविच फरक छुट््याउन आधार प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा वसन्त आचार्यले, समायोजनको कामलाई परिणाममा ल्याइपु¥याउनेप्रति धन्यवाद शीर्षकमा लेखिएको कविता वाचन गर्नुभएको थियो ।

समायोजन अनुभूति मन्तव्य राख्दै कार्यक्रममा वुद्धरत्न मानन्धरले, कामप्रति थप जिम्मेवार महसुस भएको बताउनुभयो । यसै गरी विष्णु भट्टराईले, समायोजनपछि थप उत्साह बढेको उल्लेख गर्नुभयो ।

सहायक स्तरका कर्मचारीको पत्र विहीबार प्रदान गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here