मन्त्री खुस्कने बेला झन् झन् मनपरी

गत वर्ष मन्त्री नियुक्त गर्दा नै सभापति शेरबहादुर देउवाबाट बढीमा एक वर्षको म्याद तोकिएका ऊर्जामन्त्री दीपक खड्क पदमुक्त हुने दिन नजिकिएसँगै आयआर्जनका काममा दिलोज्यान दिएर लागेको पाइएको छ । चैत पहिलो साता कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट त हटाइयो तर त्यहाँ आफू अनुकूलको पात्र नियुक्त गर्न नपाउँदा झन ठूलो आपत आइलागेको छ । एकातिर असुल उपर गरिहाल्नुपर्ने चटारो, अर्काेतिर नयाँ एमडी हितेन्द्र शाक्यमार्फत प्रधानमन्त्री ओलीलाई हरेक गतिविधिको रिपोर्टिङ ।

जेठ १५ को बजेट पास गरेपछि आगामी साढे दुई महिनाभित्र पाइपलाइनमा रहेका परियोजनाको छानिछानी पिपिए गराउने र सरकारी बास्केटका काम बुट मोडलबाट अघि बढाउने नाममा खेलोफड्को अगाडि बढेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । यसबीच, आफ्नै गृहजिल्ला संखुवासभास्थित ५४ मेगावाटको तल्लो अप्सुवा जलविद्युत् परियोजना सभापति देउवापुत्र जयवीर सिंह र व्यवसायी पवन गोल्यानका छोरा अक्षयको कम्पनी मिजु इनर्जीलाई लगातार जिम्मा लगाउने काम लगभग पूरा भएको छ । सदरमुकाम खाँदबारीबाट ५० किलोमीटर उत्तरको अप्सुवा नदीमा बनाइने उक्त परियोजनामा पिपिए गराउन यसअघिको कानुनी गाँठो मन्त्री स्वयं अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिले फुकाइसकेको छ ।

frontline

यसअघि निर्धारित जलविद्युत् र सौर्य ऊर्जाको कूल परिमाणको पिपिए बढाइएसँगै मिजुुलाई मार्ग प्रशस्त भएको हो । गोल्यान ग्रुपको मिजु इनर्जीले २०२० को अगष्टमै विद्युत् विकास विभागबाट तल्लो अप्सुवाका नाममा उत्पादन अनुमति पत्र हात पारे पनि पिपिए भने हुन सकेको थिएन । जयवीर र अक्षय नै लागेपछि ५ बर्षभित्र लाइसेन्स बचाउन फास्टट्र्याकबाट अप्सुवाको जसरी पिपिए गर्ने प्रक्रिया अघि बढ्यो त्यसरी नै भारतीय साझेदारीमा गोल्यानको सौर्य इनर्जीवाला प्योर इनर्जीले धितोपत्र बोर्डबाट एक्लै आईपिओ जारी गर्न अनुमति पाउने नै भयो । बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ धेरै जलविद्युत् कम्पनीसँग रकम बार्गेनिङमा संलग्न भएको प्रमाण ऊर्जा उत्पादकहरूको संस्था इपानले छरपष्ट पारेर अख्तियारको छानबिनमा तानिएसङ्गै उनले देउवा परिवारलाई खुशी पार्न कुनै कसर बाँकी राख्ने कुरै भएन ।

यता, पछिल्लो समय बिचौलिया दीपक भट्टको नाभी पवन गोल्यानसँग मज्जैले जोडिएको छ । त्यसमाथि जयवीरकी आमा र बासँगको सम्बन्ध अर्को शक्तिशाली अस्त्र हो । विश्वस्त श्रोत भन्छ, ‘खड्काले भर्खरै ४२ सय मेगावाटका परियोजना बिक्रीमा राखेका छन्् भने हितेन्द्र चैतमा नियुक्त भएलगत्तैको पहिलो बोर्ड बैठकबाट पिपिए अघि बढाउनेलगायत विभिन्न निर्णय गराएर प्राधिकरण सञ्चालक समितिको अध्यक्ष आफैँ भएको नाता दुरूपयोग गर्दै दस्तखतका लागि लगिएको माइन्युट झण्डै डेढ महिनासम्म घर्रामा थन्क्याई पाइपलाइनका जलविद्युत् कम्पनीसँग मोलमोलाइ गर्न थालेकै हुन् ।’

यता, हितेन्द्रले उनको मनलाग्दीबारे प्रधानमन्त्रीलाई कुरा लगाइदिएपछि आगो बन्न पुगेका खड्काले ‘यताको कुरो उता पुर्‍याउने’ दलाल भन्दै चर्काचर्की गरेको मन्त्रालयका अधिकारीहरूले बताए । एकजना सहसचिव भन्छन्, ‘अनेक दाउ लगाएर कुलमानलाई हटाउनुभयो । तर, आफ्नो मान्छे ल्याउन पाउनुभएन, अनि फायर नभएर के आइस हुनु त ?’

हितेन्द्रले पनि यसबीच सभापतिनिकट कांग्रेस नेताहरूलाई खुशी पार्न थालेको प्राधिकरणका कर्मचारीको गुनासो छ । सांसद नगिना यादवका श्रीमान्लाई एकाएक पोखरास्थित गण्डक प्रदेश प्रमुखबाट जनकपुर सरुवा गरिनु त्यसैको सानो नमूना हो । कुलमानले सार्न नमानेका यादवको अत्यधिक विद्युत् चुहावट हुने प्रदेश प्रमुखमा अकस्मात् ‘घरपायक सरुवा’ हुनु शंकास्पद कुरा हुँदै हो । महोत्तरीकी यादव कांग्रेस कोटाबाट समानुपातिक सांसद हुन् । स्रोत भन्छ, ‘पहिले ती डिभिजन कार्यालय हेटौंडामा थिए, त्यहाँबाट मधेश पठाउन दवाव दिइयो, तर कुलमानले मधेशको सट्टा पोखरा पठाइदिए । ठूला उद्योग धेरै र ज्यादा बिजुली चुहावट हुने ठाउँमा सांसदका श्रीमान्लाई हाकिम बनाउनुको उद्देश्य के होला आफैँँ पत्ता लगाउनुहोस् ।’

वैशाखको अन्तिम शनिवार विद्युत् विकास विभागले जारी गरेको आठ वटा जलविद्युत् कम्पनीको सूचना हेर्दा पनि मन्त्रीको रहर छर्लंग हुन्छ । सामान्यतः शनिवार त्यस्तो सूचना प्रकाशित गर्ने चलन छैन । सोलुखुम्बुका तीन, हुम्लाका दुई, संखुवासभा र म्याग्दीका एक एक तथा पर्वत र म्याग्दीको सीमानाका एउटा जलविद्युत् परियोजना निजी क्षेत्रलाई दिन लागिएको छ । सरकारले ५०.५ मेगावाटको बेनी कालीगण्डकी, ४७ मेगावाटको दूधकोशी ४, ६१.०२ मेगावाटको हुम्ला कर्णाली, २१.४ मेगावाटको इन्खु खोला, ६५ मेगावाटको कालिगण्डकी अपर, ४९.५ मेगावाटको लोती कर्णाली, ३०.२ मेगावाटको लोअर होंगुु र ४०.८ मेगावाटको संखुवा खोला १ जलविद्युत् परियोजना बुट मोडलमा बनाउन लागेको विभागको भनाइ छ । कुनै पनि ठूला परियोजना निर्माण, सञ्चालन र निश्चित समयपछि हस्तान्तरण गर्ने मोडललाई बुट भनिन्छ । त्यसमा इच्छुक कम्पनीलाई सहभागी हुन एक महिनाको म्याद दिइएको छ । ऊर्जा मन्त्रालयकै अधिकारीहरू भन्छन्, ‘ती सबै प्रोजेक्ट विभिन्न परिस्थितिमा सरकारी बास्केटमा आइपुगेका हुन् । कतिपय सरकारले आफैँँ सम्भाव्यता अध्ययन गरेको वा केहीचाहिँ निजी क्षेत्रले सरकारलाई नियमानुसार हस्तान्तरण गरेको हो । तिनलाई निजी क्षेत्रको जिम्मा लगाउन विभिन्न कानुनी प्रावधान पूरा गरिनुपर्नेमा अहिले ठाडो प्रस्ताव मागिएको छ ।’

कानुनमा सबैभन्दा बढी रकम कबोल गर्ने वा निःशुल्क बिजुली सरकारलाई उपलब्ध गराउन तयार कम्पनीलाई त्यस्तो परियोजना दिनुपर्ने शर्त छ । एकातिर नियम मिचेर मन्त्रीको द्रब्यमोह, अर्काेतिर ‘बाघ कराउने र बाख्रा हराउने’ भनेझैँ कुलमान हटेपछि मुलुकभर लोडसेडिङ जस्तै अवस्था उत्पन्न भएकाले पनि खड्का र शाक्यमाथि अनेक आशंका उठेको अवस्था छ ।

पवन गोल्यान डेडिकेटेड र ट्रंक लाइनको पैसा नतिर्ने मारवाडी व्यवसायीमध्येका एक हुन् । रिलायन्स कम्पनी उनैको हो जसको ७५ करोड बक्यौता हुँदाहुँदै यसअघि धितोपत्र बोर्डका रमेश हमालले आईपीओ स्वीकृति दिएका थिए । ट्रंक लाइन तथा डेडिकेटेडको शुल्क नतिर्ने अभियान पनि रिलायन्सबाटै शुरु भएको थियो । केपी ओली प्रधानमन्त्री भएकै दिन पवनले नै सरकारलाई कुलमानसँग स्पष्टीकरण सोध्न लगाएका थिए । सोल्टी नजिकै हायात प्यालेस होटल पवनको हो । नक्सालको हिल्टन र नागपोखरीको म्यारियटमा पनि उनैको लगानी रहेको बताइन्छ । म्यारियटमा धेरै लगानी चिनी व्यापारी शशिकान्त र हिल्टनमा शंकर ग्रुपको छ । शंकरका छोरा साहिल कोभिड महामारीताका थर्मल गन कालोबजारीमा पक्राउ परेका थिए । गत वर्ष प्रधानमन्त्री बनेलगत्तै केपी ओली र उहाँको जम्बो टोली हिल्टन होटल उद्घाटनमा गएको थियो ।

एनएमबी बैंकको अध्यक्षसमेत रहेका पवन केही समयअघि खुश्बु ओलीसँग जोडिएका थिए । प्रहरी इन्काउण्टरमा धादिङ्गे डन दिनेश अधिकारी ‘चरी’ मारिएसँगै विदेश उडिन् । दोस्रो पटक प्रधानमन्त्री बनेपछि उनलाई गोल्यानसँग जोडिदिने काम केपी ओलीले नै गरिदिनुभएको हो । उहाँले एकदिन बालुवाटारमा बोलाएर ‘यी नानीलाई यसो एउटा राम्रो जागिर लगाइदिनु न’ भन्नुभएको थियो । हाल राप्रपा नेतृ रहेकी उनी माटो अभियान भन्दै झापास्थित दुई सय बिघाको अर्गानिक कृषि फार्ममा गोल्यानको माथिल्लो हैसियतकी कर्मचारीको रूपमा जोडिइन् । सोही फार्मको नाम भजाउँदै पवनले ठूलो परिमाणमा कृषि कर्जा लिए । पुरानो बानेश्वर हाइटमा गोल्यान टावर छ । दीपक भट्टसँग जोडिएका उनै मारवाडीमाथि हाल प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईं एकताका मज्जैले खनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here