मधेश प्रदेश सरकारमा रामअशिष यादवको नाम चर्चामा — मन्त्री बन्ने अपेक्षा उच्च
मेवालाल यादव
मधेश प्रदेशमा हाल गठन भएको नयाँ सरकारको नेतृत्वमा जसपा नेपालका प्रमुख सचेतक तथा धनुषा क्षेत्रका लोकप्रिय सांसद रामअशिष यादव उपयुक्त हुने जनविश्वास बढ्दो छ। स्वच्छ छवि, इमानदारिता, सक्रियता र निरन्तर जनसेवामा अग्रसर रहँदै आएका यादव गंगासागर सफाइ अभियानका अध्यक्ष समेत रहेका छन्।
दुई पटकको प्रदेशसभा निर्वाचनमा विजय हासिल गरिसकेका यादवको नेतृत्व क्षमताप्रति प्रदेशवासी र दलभित्र दुवैतर्फ सकारात्मक धारणा बनेको देखिन्छ। प्रदेश सरकारको समसामयिक गतिविधि, सुशासन, पारदर्शिता र विकासमा दिगो योगदान पुर्याउन सक्ने योग्य नेता भनेर उनको नाम मन्त्री परिषद्का प्रमुख दावेदारको रूपमा अघि बढाइँदैछ।
जनप्रतिनिधि र पार्टी नेताहरूका अनुसार, मन्त्रीको जिम्मेवारी पाए यादवले मधेश प्रदेशमा स्थायी सुधार, सार्वजनिक सेवा प्रभावकारिता, र विकासका दीर्घकालीन योजनामा महत्वपूर्ण योगदान पुर्याउनेछन्।
मधेस प्रदेशमा जसपा नेपालबाट मन्त्री बन्ने राजकुमार गुप्ता , मनिष सुमन , सन्जय यादवको नाम चर्चा समेत रहेको छ ।
यस्तै, सामाजिक सञ्जाल तथा विभिन्न जिल्लाका कार्यकर्ता–समर्थकहरूले पनि सांसद रामअशिष यादवलाई मन्त्री बन्ने शुभकामना दिंदै अग्रिम बधाइ व्यक्त गरेका छन्।
#रामअशिषयादव #मधेशप्रदेश #जसपा_नेपाल






प्रतिक्रिया दिनुहोस्