मकवानपुरको बकैयामा भिरबाट लडेर एक बालिकाको ज्यान गयो

मकवानपुरको बकैयामा शनिबार साँझ भिरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका– ६ ठूलोसुधास्थित भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय सन्दीप भोम्जनकी आठ वर्षकी छोरी पूर्णिमा भोम्जन रहेकी छिन् । घरबाट निस्किएर बाहिर हिँडेकी पूर्णिमा निकैबेर घर नफर्केपछि खोजतलासको क्रममा भिरबाट लडेर मृत अवस्थामा फेला परेकी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
पूर्णिमा आफ्नै घरदेखि अन्दाजी दुई सय मिटर पश्चिममा रहेको बाघभैरव सामुदायिक वनको सुधाभिरबाट लडेर मृत अवस्थामा फेला परेकी हुन् । उनको शव भिरबाट झन्डै दुई सय मिटर तल फेला परेको प्रहरीको भनाइ छ । पूर्णिमाको मानसिक अवस्था ठीक नभएको परिवारले जानकारी दिएको प्रहरीले जनाएको छ ।

frontline

यस्तै, बकैया गाउँपालिका– ४ भीमसेन दमारमा घरको रेलिङबाट लड्दा १८ महिनाका बालक गम्भीर घाइते भएका छन् । स्थानीय सविन दाहालका छोरा सौरिस दाहाल तीनतले आफ्नै घरको दोस्रो तल्लाको रेलिङबाट खेल्ने क्रममा लडेर घाइते भएका हुन् । उनको आँखा र मुखमा चोट लागेको र अवस्था गम्भीर भएकाले उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here