‘भ्रष्टाचारी’ डिजीले भोलि सवा २ अर्बको निर्णय गराउँदै

भोलि नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई करिब ५ अर्ब भुक्तानी गर्न बाँकी रहेको रकमबारे निर्णय गर्ने एजेण्डा राखिएको छ ।

त्यसमध्ये कर छुटवापतको दुई अर्ब २२ करोड ४० लाख रुपैयाँ नेपाल सरकारको राजस्व खातामा जम्मा गर्ने प्रयोजनका लागि आवश्यक निर्णय गर्न बैठक डाकिएको बताइन्छ । 

frontline

पोखरा विमानस्थल निर्माणका क्रममा झण्डै १५ अर्ब रुपैयाँ भ्रष्टाचार भएको आरोप संसदीय उपसमितिले स्थलगत प्रतिवेदनमा लगाइसकेको छ । अर्कोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि त्योलगायत अन्य विषयमा अनुसन्धान गरेको धेरै भइसकेको छ । 

हिजो डाकिएको बैठक संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे उपत्यका बाहिर भएका कारण भोलिलाई सरेको हो । मन्त्री प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुन् । समिति सदस्यमा मन्त्रालयकी सहसचिव इन्दु घिमिरे,भन्सार विभागका महानिर्देशक महेश भट्टराई,पर्यटनविज्ञ भीमप्रसाद पन्त र हवाईविज्ञ रोशन चित्रकार छन् । महाप्रबन्धक अधिकारी समितिमा सदस्य सचिव हुन् ।

यता महालेखा परीक्षकको ५९औँ तथा ६०औँ वार्षिक प्रतिवेदनले उक्त विमानस्थल निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई २ अर्ब २२ करोड ४० लाख रुपैयाँ ठेक्का सम्झौता विपरित छुट दिएकोमा कैफियत औंल्याएको छ । सार्वजनिक लेखा समितिको उपसमितिले पनि सोही विषयमा कारबाही गर्न अख्तियारलाई सिफारिस गर्नुपर्ने ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here