भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकारी डिएसपीमा बढुवा

२२ साउन, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धान गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु अधिकारीको बढुवा भएको छ ।

बुधबार राति प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर अधिकारीलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा एकल बढुवाका लागि सिफारिस गरेको हो ।

frontline

उनी इलाका प्रहरी कार्यालय साराङघाट तनहुँमा कार्यरत थिए । हाई प्रोफाइल व्यक्ति जोडिएको भुटानी शरणार्थी प्रकरणको उनले अनुसन्धान गरेका थिए ।

यो प्रकरणमा अहिले पनि एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्रालयका तत्कालीन सचिवसहितका व्यक्तिहरु कारागारमै छन् । यो मुद्दा भने अदालतमा विचाराधीन अवस्थामा छ ।

डिएसपी |भुटानी शरणार्थी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here