भिजिट भिसा प्रकरणको छानबिन गर्न तयार भए विपक्षीले गृहमन्त्रीलाई बोल्न दिने

News Summary
Generated by OK AI. Editorially reviewed.
- विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन सहमति जनाएका छन्।
- भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्तापक्ष तयार भए गृहमन्त्रीलाई बोल्न दिने विपक्षीको भनाइ छ ।
- उनीहरुले २०६४ यताका गृहमन्त्री र श्रममन्त्रीमाथि छानबिन गर्न पनि माग गर्दै आएका छन् ।
२० जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार तयार भए गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन विपक्षी दलहरू सहमत भएका छन् ।




प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीसहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि सभामुख देवराज घिमिरेको पहलमा सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठकमा सत्तापक्षले गृहमन्त्रीलाई बोल्न दिन आग्रह गरेको थियो । सो बैठकमा विपक्षीहरुले २०६४ यता गृहमन्त्री र श्रममन्त्री बनेका सबैमाथि छानबिन गर्न सत्तापक्ष तयार भए सदनमा गृहमन्त्रीलाई बोल्ने दिने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्