भारत-पाकिस्तान आकाश युद्ध र भूराजनीतिमा प्रकट नयाँ तरङ्ग

अहिले युद्धबिराम भएको भारत-पाक द्वन्द (युद्ध त भन्न नमिल्ला?ले युद्ध प्रबिधि र प्रतिरक्षा प्रणालीमा ठूलो फड्को देखाएको छ। अहिले भारत हवाइ युद्ध प्रबिधि र प्रतिरक्षा प्रणालीमा पश्चिमी देशमाथी आस्रित रहेको छ, र उस्का पुराना सोभियत मोडेलमा मिग जेटहरु भरोसायुक्त छैनन। अहिले भारतको नेतृत्वदाइ फाइटर जेट फ्रेन्च राफेल हो, जसलाई हवाइ आक्रमण र प्रतिरक्षाका लागि अत्यन्त आधुनिक र भरोसायुक्त मानिंदै आएको हो। तर अहिले त्यस भरोसामा अचानक प्रश्न उठेको छ।
केही दिन भित्र, भारत-पाक हवाइ द्वन्द प्रतिस्पर्धामा फ्रेन्च राफेल फटाफट पाकिस्तानी हवाइ आक्रमणका निसाना बन्न पुगे, केही (संख्या एकिन हुन बांकी छ) जमिनमा खसे। तर पाकिस्तानले प्रयोग गरेका फाइटर विमान अमेरीकी वा पश्चिमी फाइटर विमान थिएनन। ती फाइटर चिनियाँ अघिल्लो पुस्ताका विमान थिए जो पाकिस्तानि सेनाले प्रयोग गरिरहेको छ। चाइनाले अहिलेसम्म पाकिस्तानलाई अत्याधुनिक जेट र हतियार दिएको छैन, तर पनि अघिल्लो पुस्ताका चिनियाँ जेट र मिसाइलनै भारत-पाक द्वन्द प्रतिस्पर्धामा निर्णायक मात्र होइन, संसारको युद्ध रणनीतिमा खेलपरीवर्तन गर्ने संकेतका आधार बन्न पुगे।




कास्मिरको आकाशमा केहिदिन पहिलाको द्वन्द्वको परीणामले दक्षिण एसियाको भुराजनितिक यथार्थतामा ठूलो दिसान्तरको संकेत गरेको छ। त्यतीमात्र होइन वैश्विक शक्तिसन्तुलनमा पनि निकै ठूलो दिसान्तरको संकेत गर्द्छ। बिगतमा भारत र पाकिस्तानका बिचमा पटक पटक द्वन्दहरु फुटेका हुन र संधै भारतको हात माथी पर्दै आएको हो। भारत आजका दिन संङ्ग आइपुग्दा दक्षिण एसियाको निर्णायक शक्ति बनिसकेको तथ्य यथार्थ मानिएको थियो। यहि यथार्थले दक्षिण एशियाको भुराजनिती शासित रहंदै आएको पनि छ। सार्क कोमामा रहुनुको यथार्थता पनि भारत-पाक द्वन्द र भारतको पक्षमा शक्ति सन्तुलन रहनुमानै निहित रहेको छ।
तर दुइदिनको आकाशमा केन्द्रीत द्वन्दले धेरै कुराहरू सोच्न बाध्य गर्छ। के पश्चिमी युद्ध र हतियार प्रबिधिको बर्चस्व सकिएको हो? के अबको युद्ध र हतियार प्रबिधि र रणनीतिमा चिन निर्णायक शक्तिका रुपमा प्रवेश गरेको ? यदि तेसो हो भने, अबको दक्षिण एसियाको भुराजनितीमा चिनका पक्षमा सन्तुलन बन्दै छ? यदि तेसो हो भने “नेपाल, भुटान, बांङ्लादेश” को राजनीति परीदृस्यमा परीवर्तन आंउछ्न? यी बिशय बहसमा उम्रीएका छ्न।
आकासमा उडेका चिनियाँ र पश्चिमी तथा रसियन हवाइ जहा
सन १९६० र ७० का दसकमा पाकिस्तानका पक्षमा अमेरीकी एफ. 86 साब्रे र भारतका पक्षमा सोभियत युनियनका मिग २१ ले प्रतिस्पर्धा गरेका थिए। तर २०२५ मा आइपुग्दा आकासमा उडेका हवाइ जहाज पृथक थिए। भारतका तर्फवाट फ्रेन्च राफेल र पाकिस्तानका तर्फबाट जे १०सि थिए। भारतको तर्फमा अमेरीकी तथा रसियन जहाज जमिनमा पर्खिरहेका थिए। तर महत्त्वपुर्ण कुरा यी जहाजका रास्ट्रीयता भन्दा तिनमा रहेका प्रबिधि महत्त्वपुर्ण थिए। युद्ध पाकिस्तान र भारतका बिचमा थियो। तर प्रबिधिमा पछाडिपट्टि अमेरीका, रसिया र चिन र युरोप थिए। अत यो द्वन्द्व यी चार देशका प्रबिधिको “छ्द्म युद्ध” प्रोक्सी वार बन्न पुग्यो। र, यो प्रतिस्पर्धामा चिनियाँ प्रबिधि र रणनीतिले चुपचाप जित हासिल गर्यो। घटनाको सुरुवात पहलगाममा निर्दोश २६ जनाको निर्मम हत्याबाट शुरु भयो। यो आतंकारी अपराध थियो। यस्को जांचबुज गहिरो हुनुपर्ने थियो। यसैबेला भारतीय प्रधानमन्त्रीले यो घटनाको आरोप पाकिस्तानमाथी राखे। पाकिस्तानले अन्तरास्ट्रिय जांचको माग गर्यो। भारतले पाकिस्तानमा आतंककारी ठेकानमा हानेको भन्दै पाकिस्तानका नौ ठाँउमा हवाई प्रहार गर्यो। केही आंतककारी मारीएको दाबी पनि गर्यो। पाकिस्तानले त्यस्को प्रतिरोधमा हवाई आक्रमण भारतमा गर्यो। अचानक युद्धको अवस्था शुरु भयो। संयोगबस भारतीय प्रहार अमेरीकी उपराष्टपति भारतीय यात्रबाट फर्किनु लगतै भयो। यो संयोग हो वा गठबन्धन, आहिले प्रष्ट छैन। यता नेपालमा भने “स्युडो तर्क” ले सामाजिक संजाल र युट्युब भरीए। कोहि पाकिस्तानको पक्षमा भारतमाथी र कोहि भारतको पक्षमा पाकिस्तानमाथी। सबैजसो भावनात्मक आत्मरतीका राग पोखिए।
भारतबाट जे डि भान्स फर्किए पछि, अमेरीको सुरक्षा सल्लाहकारले भारत र पाकिस्तानका पधाधिकारीहरु लाई फोन गरेर कास्मिर घटनामा भारतको जांचपडताललाइ सहयोग गर्न आह्वान गरे, र अमेरीका भारतको आतंककारी दमनको रणनीतिकका पक्षमा रहेको प्रष्ट संकेत दिए। यो केवल कुटनिती मात्र थिएन। यो योजनाबद्ध चाल नै थियो भारतलाई पाकिस्तान विरुद्ध युद्धमा धकेल्ने। अमेरीका भारतलाई औधोगिक सहयोग उपलव्ध गराउन चाहन्थो भन्ने बिमर्शपनि छलफलमा आए, र अमेरिका चिनबाट आफ्ना ठुला उद्धोगहरु भारतमा सार्ने योजनामा पनि थियो, जानकारहरुले तर्क गरेका छन। भारतले आफुलाइ क्षत्रीय शक्तिमा कायम राख्न पनि पाकिस्तानलाई सबक सिकाउनु अनिर्वाय ठान्यो। यसै सन्दर्भमा पाकिस्तानसंङ्गको मुठ्भेडले जन्म लियो, तर उता पाकिस्तान चिनको घनिष्ठ मित्र हो।
यो द्वन्द्व अब आतंककारी दमनको रणनीति रहेन। यो त वैस्वइक युद्ध हतियारको प्रतिस्पर्धा र ब्यापारको अवसर बन्दै थियो, यो पश्चिमको व्यग्र चाहाना पनि थियो। चीनलाई दक्षिण एसियाबाट बाहेक गर्ने अवसर हो भन्ने पनि पश्चिमले ठान्यो, र यहि मौका हुनपनी सक्थ्यो भारतलाई चीन र रसियाको सहकार्य रहेको ब्रीक्सबाट चोर्ने।
अब मे ७ मा भारतका रसिया निर्मित सु ३० र मिग २९ र फ्रेन्च राफेल आकाशमा उडे र पाकिस्तानको भित्री भागमा आक्रमण गर्न सफल भए। पाकिस्तानले प्रतिरोध प्रहार गर्यो। उस्ले चिनियाँ जे-१० सि र जेफ १७ आकाशमा पठायो। उस्ले दाबी गर्यो, भारतका पांचवटा फाइटर विमान खसाल्यो। यस्मा उस्ले ४५ वटा फाइटर प्रयोग गरेको थियो। यो कसरी संभव भयो?
उत्तर हो प्रबिधि। जहाज त पुरानापुस्ताका थिए, तर तिनमा जडित प्रबिधि पश्चिमी प्रबिधि भन्दा धेरै र उन्नत थिए। चिनियाँ जे १० सि मा २४० किलोमीटर टाढा सम्म देख्ने राडर जडित थिए। जबको राफेलमा जडित राडारको क्षमता त्यस्को आधामात्र थियो। परीणाम, पाकिस्तानी फाइटरबाट धेरै टाढाका जहाज देख्न सकिन्थ्यो, जबकी राफेलका पाइलटलाई पाकिस्तानी फाइटर देख्न संभव भएन। अर्को कुरा थियो पि एल १५ हावा बाट हावामा हान्ने चिनियाँ मिसाइल। यो हावा बाट हावामा हान्ने सबैभन्दा लामो दुरी २०० किमि भएको मिसाइल हो। यो मिसाइलको प्रहारबाट बच्न भारतीय फाइटरलाई मौका नै थिएन ।
चिनियाँ प्रबिधिको उत्कृष्टता र विश्वराजनीति
अबको विश्व राजनीति उस्तै छैन र यो वाद र अर्थतन्त्र भन्दा पनि प्रविधि र उत्पादनको क्षमताबाट निर्देशित हुन थालेको छ। चीन प्रबिधि र उत्पादनको उत्कृष्टता हासिल गर्न सफल भएको छ। युद्ध र हतियार प्रबिधि अब रसिया, अमेरीका र युरोप भन्दा चिन अग्रस्थानमा पुगेको कुरा कास्मिरको आकास युद्धले देखाएको छ। त्यसमा पनि रसीया र चीन रणनीतिक मित्र बनेका छ्न। अत अबको युद्ध भारत र पाकिस्तानको होइन, हतियार र प्रबिधिका कारणले अब दक्षिण एसियाको आकासमा चिनियाँ जहाज, मिसाइल र अमेरीकी जहाज र मिसाइलका बिचको युद्ध हुनेछ भन्ने मे ७ को घटनाले देखाएको छ।
अबको युग बहुपक्षीय बनेको छ, एकाधिकार होइन। अब नवउपनीवेसवादले दमनको स्विच थिच्ने समय लड्दैछ। अत:
१. अब भारत र पाकिस्तानले बार्ताद्वारा आतंकवाद र आपसी मुठभेडका सबै कारणहरु समाप्त गर्नुपर्छ र चीन र दक्षिण एसियाले आफ्ना अर्थतन्त्रको एकीकरण गर्नुपर्छ।
२. सार्कको महत्व अहिले पुनस्थापित भएको छ। नेपालले आफ्नो कुटनितीलाई पुनर्मुल्यांकन गरि भारत र चीन, चीन र अमेरीका र अमेरीका र रसिया र समग्रमा भारत, चीन, रसिया र अमेरीकाका बिचको बहुपक्षीय सन्तुलनको नंया रणनीति निर्माण गर्नुपर्छ।
३. चिनको आर्थिक र सामरिक उदयबाट भारत, पाकिस्तान र नेपाल सबैले लाभ लिनुपर्छ। एसियाको राजनीतिक मुल्य र भुराजनिती प्रतिरक्षाको सिद्धान्तबाट निर्देशित छ आक्रमणबाट होइन।
प्रतिक्रिया दिनुहोस्