भारतमाथि लगाइने २५ प्रतिशत ट्यारिफबारे के भन्छन् ट्रम्प ?

समाचार सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणाको प्रतिक्रिया दिए।
  • ट्रम्पले यो कदम डलरमाथिको आक्रमण भएको र ब्रिक्स राष्ट्रहरूसँगको सम्बन्धसँग जोडिएको बताए।
  • उनले भारतसँगको व्यापार घाटा र उच्च करको विषयमा पनि कुरा गरे, तर मोदी आफ्नो साथी भएको उल्लेख गरे।

वासिङ्टन डीसी । भारतबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ (अतिरिक्त महसुल) र अतिरिक्त जरिवाना लगाउने घोषणाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् । 

frontline

‘हामी अझै पनि वार्तामा छौँ, र यो विषय ब्रिक्ससँग पनि सम्बन्धित छ, जुन मूलतः अमेरिकाको विरुद्धमा रहेका देशहरूको समूह हो, र भारत पनि त्यो समूहको एक हिस्सा हो । यो डलरमाथिको आक्रमण हो, र हामी कसैलाई डलरमाथि आक्रमण गर्न दिने छैनौँ’ उनले भने । 

यो हिस्सा केही ब्रिक्स र केही व्यापारको बारेमा भएको अनि यो समूहका देशसँग अमेरिकाको व्यापार घाटा निकै उच्च भएको पनि उनले बताए । ‘प्रधानमन्त्री मोदी मेरो साथी हुनुहुन्छ, तर भारतले हामीसँग खासै धेरै व्यापार गर्दैन । तिनीहरूले हामीलाई धेरै सामान बेच्छन् तर हामी तिनीहरूबाट केही पनि किन्दैनन् । तपाईँलाई थाहा छ किन ? किनभने तिनीहरूको कर निकै उच्च छ, संसारमा सबैभन्दा उच्च मध्ये एक ।’

अझ अगाडि ट्रम्पले भने । ‘अब तिनीहरू यी ट्यारिफलाई धेरै हदसम्म घटाउन तयार छन्, तर हेरौँ अब के हुन्छ ।’ ट्रम्पले थप भने । 

यसअघि बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसबाहेक, ट्रम्पले रुसबाट हतियार र तेल खरिद गरेकोमा भारतमाथि थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका छन् । 

#ट्रम्प #डोनाल्ड ट्रम्प

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here