भारतबाट निम्तो आउनेमा प्रधानमन्त्री र अर्को वर्ष आफू हुनेमा देउवा ढुक्क

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट भाषणपछि भारत भ्रमणको निम्तो आउने विश्वास व्यक्त गर्नुभएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासँग पटक पटकको भेटमा उक्त संकेत मिलेको बालुवाटार निकट स्रोतको दावी छ ।
गत चैत अन्तिम साता बैंककमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संक्षिप्त भेटवार्ताले उक्त सम्भावनालाई बढाएको थियो । हालै भएको भारत–पाकिस्तान युद्ध, बंगलादेशसँगको बिग्रँदो सम्बन्ध, माल्दिभ्समा भारत विरोधी लहर र श्रीलंकासँग भित्रैदेखि कसिलो सम्बन्ध नरहेकाले पनि भारत नेपालसँगको सम्बन्धलाई थप बिग्रन नदिने निश्कर्षमा पुगेको काँग्रेस संस्थापन पक्षका नेताहरु बताउँछन् ।




“ओलीप्रति कुनै नराम्रो सोच्नु छैन । प्रचण्डभन्दा यिनी धेरै भरपर्दो मान्छे लाग्छ । हुन तः प्रचण्डले माफी मागेका थिए,तर समय घर्किसकेको थियो । हिजो उनैसँग हुँदा धोका दिएकाले विश्वास गर्न सकिन्न ।’
यता मुलुकको आन्तरिक राजनीतिमा काँग्रेस सभापति देउवा एमालेसँगको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने मान्यतामा अडिग देखिएकाले पनि परिस्थिति प्रधानमन्त्री अनुकूल बन्दै गएको बताइन्छ । माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धनलाई पुनर्जीवित तुल्याउन गरेको प्रयासलाई पनि देउवा निवासले हरियो संकेत दिएको छैन ।
हालैको एक भेटमा देउवाले व्यक्त गरेको धारणा उल्लेख गर्दै एक जना नेता भन्छन्, ‘ओलीप्रति कुनै नराम्रो सोच्नु छैन । प्रचण्डभन्दा यिनी धेरै भरपर्दो मान्छे लाग्छ । हुन तः प्रचण्डले माफी मागेका थिए,तर समय घर्किसकेको थियो । हिजो उनैसँग हुँदा धोका दिएकाले विश्वास गर्न सकिन्न ।’ उनका अनुसार सभापति देउवा ओलीले आगामी वर्षको असार अन्तमा सत्ता हस्तान्तरण गर्नेमा सतप्रतिशत ढुक्क छन् ।
प्रतिक्रिया दिनुहोस्