भाजपाका प्रमुख चौथाईवालेले नेपालका दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको बताए

काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको बताएका छन ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पछिल्लो नेपाल भ्रमणको समयमा त्यसको शुरुवात भएपनि कोरोना महामारीका कारण रोकिएको बताए ।

frontline

उनले कोरोना महामारी सकिनासाथ दलहरुबीचको आदानप्रदानले निरन्तरता पाउने बताए ।

‘दुई देशका राजनीतिक दलहरुको वीचमा हुने आदान प्रदानले दुईपक्षीय सम्बन्धलाई एकदमै सुदृढ बनाउँछ,’उनले भने, ‘यसले एक अर्कालाई बुझ्ने, सुदृढ बनाउने र केही असमझदारी छन् भने त्यसलाई हटाउन सहयोग गर्छ ।

’ उनले नेपालले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा अन्य राम्रो नेता नपाउने समेत बताए ।

नेता चौथाइवालेले केही राजनीतिक दल भारत आएर नेपाल फर्केपछि भारत विरोधी अभिव्यक्ति दिने गरेको बताए ।

उनले भाजपा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले नेपालका सबै राजनीतिक दलसँग सम्बन्ध गाँस्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here