भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेकोप्रति माओवादीको आपत्ति

बुधबार समितिको बैठकमा बोल्ने क्रममा सांसद दाहालले आफ्नो दललाई सहभागी नगराएको विषयमा गम्भीर आपत्ति जनाए ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो दलको सहभागिता नदिएकोमा आपत्ति जनाएको छ।
- सांसद लेखनाथ दाहालले बैठकमा गम्भीर आपत्ति जनाउँदै उपसमितिमा आफ्नो दललाई सहभागी नगराएको विषयप्रति ध्यानाकर्षण गराए।
- उपसमितिमा विभिन्न दलका सांसदहरू सदस्य रहेका छन्।
७ जेठ, काठमाडौं । भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई सहभागी नबनाएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
लेखा समितिले भैरहवा विमानस्थल नेपाली कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा उपसमिति बनाएको थियो । जसमा आफ्नो दललाई सहभागीता नगराइएको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाएका छन् ।
बुधबार समितिको बैठकमा बोल्ने क्रममा सांसद दाहालले आफ्नो दललाई सहभागी नगराएको विषयमा गम्भीर आपत्ति जनाए ।
‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध माननीयज्यूहरूलाई उपस्थित नगराइ उपसमिति बनाइएको छ । यो विषयप्रति पनि गम्भीर आपत्ति जनाउँछु,’ समितिको बैठकमा उनले भने ।
उपसमितिमा नेकपा एमालेका सांसदहरू योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, सराज अहमद फारुकी, कांग्रेस सांसद श्यामकुमार घिमिरे, रास्वपा सांसद मनीष झा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्