बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प 

News Summary

Generated by OK AI. Editorially reviewed.

  • बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर आज बिहान ५.१ म्याग्निच्युडको भूकम्प गएको हो।
  • भूकम्पको धक्का १ बजेर ४८ मिनेट जाँदा महसुस भएको थियो र मानिसहरू त्रसित भएका थिए।
  • क्षति विवरण स्पष्ट नभएको र सूचना संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

९ जेठ, काठमाडौं । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

frontline

भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।

भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।

बैतडी |भूकम्प

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here