बेपत्ता गोताखोरको बिहानैबाट खोजी सुरु

काठमाडौँ । सप्तकोसी नदीमा बेपत्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य सुरु भएको छ ।  सप्तरी, हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्व तयारी स्वरूप प्रदेश स्तरीय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी  र नम्बर ७ गण सिराहाको संयुक्त टोलीद्वारा बिहीबार बिहानबाट अभ्यास सुरु भएको थियो ।

सो क्रममा दिउँसो  १५ः१० बजे नं. १ श्रीअन्तु  गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजवंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका छन् । 

frontline

शुक्रबार बिहान  दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपी विजय हमालको कमान्डमा ४ जना गोताखोर सहित ३५ जना र नं. ६ गण सप्तरी बाट विपद् व्यवस्थापन तालिम प्राप्त सहित डिएसपी विपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।

 थप खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार  बाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाई बिहीबार राति १०ः४५ बजे त्यस तर्फ पठाइएको थियाे । 

503609867_1041079670911314_9028336193088342067_n

बेपत्ता गोताखोर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here