बिजुली कटौती गरेर युक्रेनी आक्रमणको बदला लिँदै रूस

० जेठ, मस्को । जापोरिझिया क्षेत्रको उत्तरपश्चिमी भागका विद्युत स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरेपछि रूसी अधिकारीहरूले मङ्गलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् ।

जापोरिझिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राममार्फत युक्रेनले गरेको आक्रमणले यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले कटौती गरिएको जनाएका हुन् । उनले ऊर्जा मन्त्रालयलाई छिटै मर्मत गरी विद्युत प्रवाह सुरु गर्न निर्देशन दिएका छन् ।

frontline

दुई दिन अघि युक्रेनले रूसी हवाई अड्डाहरूमा ड्रोन आक्रमण गरेको घोषणा गरेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन् ।

रूसी रक्षा मन्त्रालयले रूसी आर्कटिक र पूर्वी साइबेरियामा अवस्थित मरमेन्स्क र इर्कुत्स्क क्षेत्रमा ड्रोन प्रक्षेपण गरेपछि धेरै विमानहरूमा आगलागी भएको पुष्टि गरेको छ ।
मन्त्रालयले रूसको पूर्वमा चिनियाँ सीमा नजिकैको इभानोभो, रियाजान र अमुर क्षेत्रका अन्य विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेको छ । –क्यूएनए

रुस-युक्रेन युद्ध |विद्युत कटौती

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here