बालेनको पक्ष लागेर गाँजा खानु ठीक भन्ने लाहुरे विवादमा

चर्चित र्‍यापर आशिष राणा उर्फ लाहुरे युवाहरुलाई लागुऔषध खान प्रेरित गर्ने अभिव्यक्ति दिएकाे भन्दै विवादमा तानिएका छन् । भ्रष्टाचार गर्नुभन्दा गाँजा खाएर देश बनाउनु सही हुने बताएका उनी आलोचनामा परेका हुन् । 
 
पोखरा घर भएका लाहुरेलाई केही दिनअघि एक कार्यक्रममा सञ्चारकर्मीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गाँजा सेवन गर्ने गरेको भन्नेबारे प्रश्न सोधेका थिए । जवाफमा उनले भने,‘गाँजा खाए पनि,सुई हाने पनि, जे गरे पनि त्यो पर्सनल लाइफ हो, सुई हानेर देश बनाउँछ भने त्यसलाई स्वीकार गर्नुपर्छ । दूध खाएर भ्रष्टाचार गर्नेभन्दा बरु गाँजा खाएर देश बनाउने धेरै ठीक !’

‘गाँजा खाए पनि,सुई हाने पनि, जे गरे पनि त्यो पर्सनल लाइफ हो, सुई हानेर देश बनाउँछ भने त्यसलाई स्वीकार गर्नुपर्छ । दूध खाएर भ्रष्टाचार गर्नेभन्दा बरु गाँजा खाएर देश बनाउने धेरै ठीक !’ 

frontline

लाहुरे र बालेन साथी हुन् । यसर्थमा उनले साथीको समर्थन गरे । तर,धेरै दर्शक र स्रोताले भने लाहुरेको जवाफलाई गैरजिम्मेवार अभिव्यक्ति भनेका छन् । सामाजिक सञ्जालमा मनोज शर्मा लेख्छन्, ‘त्यही गाँजा खाएरै होला मेयर सा”प कोठामा सुती बसेको, अचेल अफिसमा देखिनु हुन्न रे !’ 

वर्षा सिलवालले पनि ‘जस्तो सोच,उस्तै कुरा’ भन्दै लाहुरेलाई कटाक्ष गरेकी छन् । लागुऔषधसहित पक्राउ परेको घटना स्मरण गराउँदै उनले लेखेकी छन्, ‘लाहुरे दाइ,तपाईं जेल गएर पनि सुध्रिनु भएनछ,गाँजा खाएर नशामा बनाएको सोचले देश बन्छ भन्ने भ्रमबाट मुक्त हुनुहोस्,र आफ्नो साथीलाई पनि यो कुराबाट मुक्त गराउनुहोस् ।’ 

स्मरण रहोस्,०७८ पुसमा लाहुरे लागुऔषध किन्दै गर्दा रंगेहात पक्राउ परेका थिए । तीन महिनाको हिरासत बसाइपछि ५० हजार धरौटीमा रिहा भए । त्यसयता केही समय लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा समेत जोडिए । तर,पछिल्लो गतिविधिले भने उनी अझै लागुऔषध प्रयोगकर्ता नै रहेको बुझिन्छ । 

गत कात्तिकमा लाहुरे र बालेनको एक गोप्य भिडियो सार्वजनिक भएपछि दुवै जना लागुऔषध प्रयोग गर्छन् भन्ने आरोपलाई बल पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here