बालेनको झोंक आफैँंमाथि बज्रियो

जापान जाने प्रयत्नमा प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेपछि कांग्रेस र एमालेसँग रिस फेर्ने मुडमा काठमाडौं महानगरका मेयर बालेन पुगेका छन् । यही रिस पोख्ने क्रममा गत हप्ता चार समितिका संयोजक नै फेरिदिए । आफूलाई नियमित सूचना दिने एमालेका सुराकीलाई सूचनासम्बन्धी संयोजक बनाए । कांग्रेसलाई हटाएर एमालेलाई नेता तोके । तर, उनको निर्णय लामो समय टिकेन । 

यसअघि सूचना प्रविधि समितिको संयोजकमा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, सुशासन समितिमा २६ का ख्यामराज तिवारी, सम्पदा समितिमा वडा नम्बर ८ का आशामान संगत र विधायन समितिमा वडा नम्बर २३ का मचाराजा महर्जन थिए । 

frontline

सधैँ साथ दिँदै आएका यी ४ जनालाई हटाएर बालेनले जेठ १ गते बेलुका ५ बजे पत्र पठाए । महानगर प्रवक्ता नवीन मानन्धरलाई हटाउनुका पछाडि अरु त कारणै थिएन ।  पछिल्लोपटक बालेनसँग सिँगौरी खेलेपछि उनी शिकार भए । समितिबाट झिकिए पनि मानन्धरलाई प्रवक्ताबाट हटाउन भने बोर्डबाटै अनुमोदन गराउनुपर्ने प्रावधान छ । 

रोचक त के भने सुशासनमा नयाँ ल्याइएका दलबहादुर कार्कीले कांग्रेसबाट जितेका हुन् । उनी गगन थापा निकट भए पनि बालेनको पछि लाग्ने भन्दै आलोचित छन् । ‘सुशासनजस्तो महŒवपूर्ण समितिमा वडा नम्बर ३० का कार्की ल्याइए । तर उमेरले वृद्ध छन् । के बोल्छन् पनि थाहा हुँदैन,’ स्रोत भन्छ, ‘सामान्य धपेडी पनि सहन नसक्नेले कसरी सुशासन देलान् भनेर कर्मचारी मुखामुख गर्न थालिसकेका थिए ।’ 

आशामानको ठाउँमा वडा नम्बर २४ का विनोदकुमार राजभण्डारीलाई संयोजक बनाइयो । २३ का मचाराजा महर्जनको सट्टामा रविको रास्वपाबाट जितेकी १६ की रोजिना श्रेष्ठलाई ल्याइयो । बालेनको उक्त कदमले विरोधीलाई संगठित हुन मौका दिएको भन्दै वडाध्यक्षहरू खासखुस गर्न थालेका थिए । बालेनलाई उपाय सिकाउने कानुनी सल्लाहकार ओमप्रकाश अर्याल हुन्, जसले संसद विघटनदेखि सबै कुरामा ओलीलाई हाराबारा खेलाएका थिए ।’ एमालेबाट जितेकी उपमेयर सुनिता डंगोललाई यी कुरामा कुनै मतलब नभएपछि अधिकांश वडाध्यक्ष खुशी थिएनन् ।’

तर, बालेनको प्रयास चार दिन पनि टिकेन । अनि आइतबार बालेनले तोकेको जिम्मेवारी अस्वीकार गर्ने पक्षमा तीन जना नयाँ संयोजक कार्की, राजभण्डारी र प्रजापति पुगेका छन् । आइतबार एउटा वडा कार्यालयमा उपमेयरसहित एमाले र कांग्रेसका वडाध्यक्षहरु बसे । अनि शुक्रबार बालेनले पठाएको पत्रलाई अस्वीकार गरिदिए । हटाइएका संयोजकले पनि गाडी फिर्ता गरिदिए । 

सुराकीमा माहिर वीरेन्द्र बालेनको समितिमा बसिसकेका थिए । तर, एमालेको दबाबका कारण रोकिए । उनी आइतबारको बैठकमा देखिएनन् । बालेनको टोलीसँग सुराकी गरेकोमा कल डिटेल निकाल्नेसम्मको तयारी एमालेले गरे पछि उनी बल्ल ब्याक भएका हुन् । अब बालेनसँग वार पार गरेर जाने तयारीमा उपमेयर र वडाध्यक्षहरु लागेका छन्् । 

बजेटकै अन्योल

पाँच महिनासम्म कार्यपालिका बैठक नबस्ने स्थितिले बजेट नै नआउने गरी अवस्था खल्बलिएको स्रोत बताउँछ । कार्यपालिका बैठक नबस्दा आगामी आर्थिक वर्षको बजेट नआउने भयो, नीति कार्यक्रम त कहाँ हो कहाँ ! नीति कार्यक्रम बालनेले र बजेट उपमेयरले पेश गर्नुपर्ने हो,’ महानगर स्रोतले भन्यो, ‘यी सबैको लागि बोर्ड बैठक बस्नुपर्छ । नगरसभा संसदकै जस्तो हो । कार्यपालिका बैठक नबसेकै चार पाँच महिना भइसक्यो । 

बालेन गणेशमान सिंह, सहाना प्रधान, मदन भण्डारीको नामको विभिन्न कार्यक्रम बन्द गराउने पक्षमा छन् । यसले उपमेयरदेखि वडाध्यक्षलाई थप बिच्क्याउने पक्का छ । ‘फाउण्डेसन अब बालेनले राख्दैनन्, अर्कोतिर बजेट पनि आउँदैन । अब बालेनका दुर्दशा शुरु भए,’ स्रोत भन्छ, ‘फकाउन र प्रभाव देखाउन गाडी दिएका थिए । २–३ किलोमिटरको दूरी छिचोल्न किन गाडी चाहियो ?’ 

समितिबाट हटाइएकाहरु अब बस्न मान्दैनन् । नयाँ नबस्ने, पुराना नफर्कने भएपछि विषयगत समितिको औचित्य सकियो । जान्नेलाई छान्ने पार्टी रास्वपाले निर्णय गरेको छैन । चुनाव जितेर आए पनि बालेनको हल्काराजस्तो भूमिका छ रोजिनाको । 

विद्यासुन्दर शाक्यले पाँच वर्षमा एक जना कर्मचारी नियुक्त गरेनन् । तर, बालेनले यसबीच पाँच सय जनालाई जागिर ख्वाइसकेका छन् । लफडा भएपछि कहाँ कति नियुक्त गरियो भनेर खोज्ने काम भइरहेको छ,’ स्रोत भन्छ, ‘कहाँ काम गरे, के गरे थाहा छैन । तर तिनले तलब खाएका छन् ।’ 

बालेनले अझै कर्मचारी थप्न प्रशासनबाट ध्रुवकुमार काफ्लेलाई हटाउन पनि खोजे तर कार्यकारीले त्यसो हुन दिए । ध्रुव काफ्लेले कानुन हेर्छन् । यस्तो मान्छेलाई फाल्यौ भने सिद्धिन्छौ भनेर चुनौती दिने काम भएको छ । 
सूचना प्रविधिमा वीरेन्द्रलाई लानुको कारण आइटीमा खेल्ने र आफूअनुकूल गर्ने स्वार्थ रहेको स्रोत बताउँछ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here