बालेनका खास मान्छे छ महिना निलम्बित

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आज उनलाई छ महिनाको लागि निलम्बन गरेका हुन् ।
गुरागाईँले जेठ ६ गते एक हप्ताभित्र जवाफ दिन पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए । तर चित्तबुझ्दो जवाफ नदिएपछि आज निलम्बन गरिएको हो ।




गुरागाईँले पत्रमै चित्तबुझ्दो जवाफ नदिएमा कारबाही गरिने व्यहोराबारे पहिल्यै जानकारी गराएका थिए । अन्ततः मेयर बालेन साहका ‘दाहिने हात’ मानिने पाण्डे निलम्बनमा परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्